
२६ पुष, काठमाडौं । गरिमा विकास बैंकले बालबालिकाहरुलाई लक्षित गर्दै “सुनौलो भविष्य बाल निक्षेप योजना” बचत योजना ल्याएको छ । बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागि अत्यन्त प्रभावकारी हुने ‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केही भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिने बैंकले बताएको छ ।
यस योजना अन्तर्गत न्युनतम रु ५००/- मा खाता खोलेर निक्षेप योजनाभरी मुद्धतिको ब्याज पाउनुको साथै समय समयमा थप बचत थप्दै जान पनि सकिनेछ । यस योजनामा भर्खर जन्मेका शिशुदेखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ ।
बालबालिकाहरुले भविष्यमा डाक्टर, ईन्जीनियर, पाईलट लगायतका दक्षता हासिल गर्ने लक्ष्य लिँदा सोही बमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैवाट योजनाबद्ध तवरले वचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् भने वचत गर्ने बानीको समेत विकास हुने विश्वास बैंकले लिएको छ ।
उदाहरणका लागि महिनाको रु १०,०००/- जम्मा गर्ने ग्राहकले योजना अन्तर्गत १८ बर्षको लागि खाता खोलेर औषत ९% ब्याज पाउँदा योजना अबधि पश्चात् एकमुष्ठ करिब रु ५० लाख प्राप्त गर्नेछन् ।
प्रत्येक ३/३ महिनामा खातामा ब्याज जम्मा हुने र त्यो ब्याजले समेत थप ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक रहेको बैंकले जनाएको छ । खातावालाले आफ्नो नागरिकता लिएर सम्बन्धित वैंक शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः वन्द भई साधारण खातामा परिवर्तन हुनेछ ।
आवश्यक परेको खण्डमा बचतको ८०% सम्म कर्जा सुविधा लिन पनि सकिने तथा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुनेछ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट