मंगलबार , माघ ६, २०७७

जिल्ला अस्पताल ईलामलाई प्रभु बैंककाे आर्थिक सहयोग

जिल्ला अस्पताल ईलामलाई प्रभु बैंककाे आर्थिक सहयोग

२६ पुष, काठमाडाैं । प्रभु बैंक लिमिटेडको ईलाम शाखा कार्यालयले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मिति २०७७/०९/१९ गतेका दिन एक समारोहकाबीच बैंकको ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु.डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) को चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य श्री ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी श्री रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

प्रभु बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय