आइतबार , माघ ४, २०७७

अबको दुई वर्षभित्रमा पाइपलाइनबाट पेट्रोल ढुवानी हुने

अबको दुई वर्षभित्रमा पाइपलाइनबाट पेट्रोल ढुवानी हुने

२६ पुष, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल आयल निगमले सरकारको छविलाई उच्च राख्नुपर्ने बताउनुभएको छ । निगमको ५१औँ साधारणसभामा पछिल्लो समय निगमले विभिन्न प्रविधि भित्र्याउन सफल भएको भन्दै उनले पेट्रोलियम पदार्थको गुणस्तर र शुद्धतामा ध्यान दिन आग्रह गरे ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अबको दुई वर्षभित्रमा पाइपलाइनबाट पेट्रोल ढुवानी हुने बताए । उनले पेट्रोलियम पाइपलाइनमार्फत हाल डिजेलमात्र आयात भइरहेकामा पेट्रोलसमेत ल्याउने तयारी भएको जानकारी दिए ।

उनले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन क्षमताको विस्तार गरेर डिजेलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइनमार्फत मात्रै गर्ने व्यवस्था गर्न लागिएको बताए । खाना पकाउने एलपी ग्यासको ढुवानीका लागि इन्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सीमा नजिकको ‘लोकेशन’बाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरेको उनले जानकारी दिए ।

उनले पूर्वाधारमा तीव्ररूपमा भएको विकासले पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङ्कको दरले वृद्धि हुँदा माग र आपूर्तिबीच तालमेल कायम गर्न सञ्चयका लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गरिएको बताए। महाप्रबन्धक पौडेलले निगमको वार्षिक नीति तथा कार्यक्रमस्वरुप चालु आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारणगृहको निर्माण र विस्तारको काम शुरु भएको बताए ।

यसैगरी झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन विस्तार, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारणगृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति गरेर पूर्वाधार विकासको काम भएको उनले जानकारी दिए ।

उनले मेकानिकल लकिङबाट डिजिटल लकिङ, टैंक–ट्रकहरुको नियमित अनुगमन, डिलरहरुको डिजिटल नक्साङ्कन गर्ने कार्यको शुरुआत गरिएको उल्लेख गर्दै निगमको सबै कार्यलाई व्यवस्थित बनाउन उद्यम संसाधन योजना सफ्टवेयरअनुसार तयार गर्ने, निगमको केन्द्रीय प्रयोगशालालगायत अन्य प्रयोगशालाहरुलाई आइएसओ, एलइसी १७०२५ मान्यता गराई अन्तर्राष्ट्रियस्तर बमोजिम कायम गर्ने गरी आवश्यक कार्यको प्रारम्भ गरिएको बताए ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले पछिल्लो समय निगमले पूर्वाधार निर्माणमा फड्को मारेको बताए । विसं २०२७ मा स्थापना भई पेट्रोलियम पदार्थको ढुवानीको एकलौटी अधिकार पाएको निगम पछिल्लो समय नाफामा गएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा निगमले रु १२ अर्ब ८७ करोड नाफा कमाएको थियो । लामो समयदेखि घाटामा रहेको निगम पछिल्लो समय नाफामा गएको हो । निगमले गत आव २०७२/७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रु नौ अर्ब ४५ करोड, २०७४/७५ मा रु तीन अर्ब ५८ करोड, २०७५/७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको जनाइएको छ ।

गत वर्षको भदौ ‘२०७६ साल भदौ २४ गते’ देखि सञ्चालनमा ल्याइएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत १० महिनाको अवधिमा निगमले ढुवानीमार्फत रु एक अर्ब ४७ करोड बचत गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पुषमा कस्तो रह्यो सरकारको आम्दानी ? पुषमा कस्तो रह्यो सरकारको आम्दानी ? ३ मिनेट पहिले
किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत २१ घण्टा पहिले
अदालतले संसद् विघटन सदर गरे चुनाव : अध्यक्ष तिमिल्सिना अदालतले संसद् विघटन सदर गरे चुनाव : अध्यक्ष तिमिल्सिना १६ घण्टा पहिले
बामदेव: विभाजनको सुत्राधार कि एकताको मतियार बामदेव: विभाजनको सुत्राधार कि एकताको मतियार २२ घण्टा पहिले
तपाईकाे साप्ताहिक राशीफल [ माघ ४ गते आइतबारदेखी माघ १० गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ माघ ४ गते आइतबारदेखी माघ १० गते शनिबारसम्म ] ४ घण्टा पहिले
विश्वमा महामारीका कारण आप्रवासन अवस्थामा ३० प्रतिशतले कमी विश्वमा महामारीका कारण आप्रवासन अवस्थामा ३० प्रतिशतले कमी २१ घण्टा पहिले
काठमाडाैं उपत्यकामा अहिले सामान्य बदली, दिउँसो घाम लाग्ने काठमाडाैं उपत्यकामा अहिले सामान्य बदली, दिउँसो घाम लाग्ने ३ घण्टा पहिले
नेपालका १० जना पर्वतारोहीले हिउँदमा आरोहणको कीर्तिमान रचे नेपालका १० जना पर्वतारोहीले हिउँदमा आरोहणको कीर्तिमान रचे १५ घण्टा पहिले
पछिल्लो २४ घण्टामा थप ४३० जनामा संक्रमण पछिल्लो २४ घण्टामा थप ४३० जनामा संक्रमण ५ दिन पहिले
प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै २ दिन पहिले
मेगा बैंकको १० औं बार्षिक साधारणसभा : १३.०५ प्रतिशत लाभांश पारित मेगा बैंकको १० औं बार्षिक साधारणसभा : १३.०५ प्रतिशत लाभांश पारित ३ दिन पहिले
आज पनि देशभर मौसम बदली, तराईमा शीतलहरको जोखिम ! आज पनि देशभर मौसम बदली, तराईमा शीतलहरको जोखिम ! १ दिन पहिले
कोभिड–१९ का कारण ठप्प बनेको पर्यटन विस्तारै तङ्ग्रिदै कोभिड–१९ का कारण ठप्प बनेको पर्यटन विस्तारै तङ्ग्रिदै २ दिन पहिले
नेप्सेमा दुई वाणिज्य बैंकको २ करोड २० लाख कित्ता बोनस सेयर सूचिकृत नेप्सेमा दुई वाणिज्य बैंकको २ करोड २० लाख कित्ता बोनस सेयर सूचिकृत २४ घण्टा पहिले
विचाराधीन मुद्दामा भ्रम सिर्जना गर्ने समाचारप्रति सर्वोच्चद्धारा खेद प्रकट विचाराधीन मुद्दामा भ्रम सिर्जना गर्ने समाचारप्रति सर्वोच्चद्धारा खेद प्रकट २ दिन पहिले
दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्क सुरक्षित फेला दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्क सुरक्षित फेला २ दिन पहिले