ढोरपाटनमा आउँदो वर्ष नाउरको गणना गरिने
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १४:५२:२
२७ पुष, बागलुङ । कोभिड–१९ का कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन । पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ । गत असोज-कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो । यसअघि विसं २०७२ मा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको कोटा निर्धारण गर्ने गर्छ । पछिल्लो गणनापछि वर्सेनि २० नाउरको शिकार कोटा तोकिएको छ ।
कार्यालयका रेञ्जर दीपेन्द्र पोखरेलका अनुसार आउँदो वर्ष नाउरको गणना गरिनेछ । “चैत÷वैशाखसम्मै आरक्षको उच्च भेगमा हिउँ नपग्लने भएकाले त्यो याममा पनि गणना सम्भव हुँदैन, अब अर्को वर्ष हुन्छ”, उनले भने । ढोरपाटनमा प्रायः गरी असोज÷कात्तिकतिरै नाउर र झारलको गणना गरिन्छ ।
विभागले हरेक पाँच÷पाँच वर्षमा नाउर र झारलको गणना गर्नुपर्ने प्रावधान बनाएको छ । झारलको पनि अर्को वर्ष गणना हुनेछ । विसं २०७३ मा गरिएको गणनामा ३८८ झारल फेला परेका थिए । जुन सङ्ख्या २०६८ मा गरिएको गणनामा भन्दा १०३ ले बढी हो । उक्त गणनामा ४२ समूहमा झारल भेटिएका थिए ।
सबैभन्दा ठूलो ५१ वटा झारलको समूह देखिएको थियो । तीमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएकामा बाँकीको पहिचान हुन सकेको थिएन । उक्त गणनापछि विभागले वर्षमा ११ झारलको शिकार कोटा निर्धारण गरेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा रेञ्जर, भरिया र शिकारमा अनुभवी स्थानीयवासीसमेतको सहभागितामा नाउर र झारलको गणना गरिन्छ ।
नाउर र झारल बाख्रा प्रजातिमा पर्ने जनावर हुन् । बर्सेनि असोज÷मङ्सिर र फागुन÷वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ । कोभिड–१९ का कारण यो वर्षको पहिलो शिकार याम ‘असोज–मंसिर’ मा जम्मा एक नाउर र एक झारलको शिकार भएको रेञ्जर पोखरेलले बताए । विभागले शिकारका लागि बोलपत्र खोले पनि विदेशी शिकार खेल्न अनिच्छुक देखिएका हुन् ।
अघिल्लो वर्षको दोस्रो शिकार याममा भने बन्दाबन्दीका कारण आरक्षमा शिकार नै खुला भएन । शिकार हुन नसक्दा राजस्व पनि गुम्यो । सात शिकार कम्पनीले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन् । शिकारका लागि आरक्षमा सात ब्लक तोकिएको छ । सुर्तिबाङ, फागुने ब्लक बागलुङमा, घुस्तुङ, दोगाडी, सेङ र सुनदह ब्लक रुकुम पूर्वमा पर्छ । यस्तै म्याग्दीमा बार्से ब्लक पर्छ । प्रत्येक ब्लकमा नाउर र झारल शिकारको वार्षिक कोटा तोकिन्छ । सुर्तिबाङ ब्लकमा भने नाउरको शिकार गर्न रोक लगाइएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष क्षेत्र १३२५ वर्ग किमिमा फैलिएको छ ।
वैधानिक शिकारका लागि ढोरपाटन विश्वमै प्रख्यात गन्तव्य मानिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि विदेशी शिकारी ढोरपाटन आउँछन् । एक जना शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चन्छन् । दुई वर्षअघि एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजार तिर्न कम्पनी तयार भएका थिए । बर्सेनि शिकारको राजश्व घटबढ हुने गरेको छ ।
शिकारको माग बढ्दा कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाले शिकारको दर बढ्छ भने माग घट्दा राजस्व पनि कम उठ्छ । आउँदो फागुन–वैशाखमा यो वर्षको दोस्रो शिकार याम खुला हुनेछ । शिकारका लागि अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउँछन् । हेलिकप्टरमार्फत आरक्ष पुग्ने शिकारीले बढीमा २१ दिनसम्म आरक्षमा बिताउन पाउँछन् । शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार खेलाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार