कारागारलाई पुस्तक हस्तान्तरण
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १७:५९:५६
२७ पुष, चितवन । टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।
टिम नेपोका संस्थापक निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई ८०८ थान पुस्तक हस्तान्तरण गरे। नेपोको पुस्तक परियोजनाअन्तर्गत देशभर कारागारमा रहेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको हो ।
कारागारलाई सुधार गृहसँगै सिकाइको थलो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा वक्ताले कारागारलाई सिकाइको थलो बनाउन आवश्यक रहेकामा जोड दिएका थिए। नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका प्रमुख काफ्ले, नेपाल चिकित्सक सङ्घका पूर्व केन्द्रीय सदस्य प्रा डा कृष्णप्रसाद पौडेल, रोशन पियालगायतले बोलेका थिए । सो कारागारमा हाल दुई आश्रित बालिकासहित ६९१ कैदीबन्दी छन् जसमा ५५ महिला छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार