सोमबार , माघ ५, २०७७

कता हराए प्रचण्ड ?

कता हराए प्रचण्ड ?

२७ पुष, काठमाडौं । मुलुक राजनीतिक रुपमा संकटग्रस्त बनेका बेला प्रमुख खेलाडी मध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने यतिबेला गुमनाम छन् । गएको एकसाता अघि उनी पत्नी सीताको उपचार गर्न भारतको मुम्बै गएको खबर सार्वजनिक भएको थियो । त्यसयता भने प्रचण्ड लापता छन् ।

जानकार स्रोत भन्छ– प्रचण्ड अहिले पशुपतिको दर्शन खुद्राको व्यापार गर्दैछन् । अर्थात उनी पत्नीको उपचारसँगै भारतीय नेताहरुसँग गोप्य भेटघाट गरिरहेका छन् ।  दुई छोरीसहित मुम्बै पुगेका प्रचण्ड गएको विहीबार नयाँदिल्ली पुगेका छन् । उनले एसडी मुनिका साथै कर्णेल अशोक मेहतासँग भेट गरेका छन् । साथै, भारतीय काँग्रेस र भारतीय जनता पार्टीका नेताहरुसँग पनि उनले भेटेको स्रोतको दाबी छ ।

भेटका बेला प्रचण्डले सबैसँग प्रधानमन्त्री केपी ओलीले पार्टी भित्र एकलौटी गर्न लाग्दा आफूलगायत वहुमतले प्रतिरोध गर्दा परिस्थिति जटिल बनेको जानकारी दिएका थिए ।  साथै, ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र नै धरापमा पारेकाले भारतले त्यसको विरोध गर्नुपर्ने धारणा राखेका थिए ।

ओलीले विघटन गरेपछि भारत सरकारले कुनै प्रतिक्रिया दिएकोछैन । विदेश मन्त्रालयले भने विघटन लगत्तै नेपालमा भइरहेका घटनाक्रमलाई नजिकबाट नियालीरहेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेकपाको निर्णायक भीडन्त केन्द्रिय कमिटीमा : एउटा बालुवाटार, अर्को बबरमहल ! नेकपाको निर्णायक भीडन्त केन्द्रिय कमिटीमा : एउटा बालुवाटार, अर्को बबरमहल ! ४ हप्ता पहिले
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै ६ दिन पहिले
कमलादीमा ओली पक्षको वृहत् भेला : कालो मास्क र गलबन्दी फुकालेर मात्रै प्रवेश कमलादीमा ओली पक्षको वृहत् भेला : कालो मास्क र गलबन्दी फुकालेर मात्रै प्रवेश २ हप्ता पहिले
खोला र नदीको डिलमा सधै हेपिएको एउटा समूदाय खोला र नदीको डिलमा सधै हेपिएको एउटा समूदाय २ हप्ता पहिले
चिसो मौसम अर्कोतिर भारी हिमपात, ज्यानको बाजी राखी निकुञ्जको सुरक्षा चिसो मौसम अर्कोतिर भारी हिमपात, ज्यानको बाजी राखी निकुञ्जको सुरक्षा ७ घण्टा पहिले
संसद विघटनको सिफारिस विरोधमा तीन बजे माइतीघरमा प्रदर्शन गरिने संसद विघटनको सिफारिस विरोधमा तीन बजे माइतीघरमा प्रदर्शन गरिने ४ हप्ता पहिले
अघिल्लो आर्थिक वर्षको बाँकी बजेट योजनामा बाँडफाँड अघिल्लो आर्थिक वर्षको बाँकी बजेट योजनामा बाँडफाँड १ हप्ता पहिले
ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको उपचार ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको उपचार २ हप्ता पहिले