नेकपा प्रचण्ड–माधव समूहले आयोगप्रति आपत्ती जनाइने
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १८:२०:५७
२७ पुष, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदैछन् ।आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् ।
आयोगले पार्टीको आधिकारिकता र चुनाव चिन्हबारे गलत निर्णय गर्न लागेको आशंका व्यक्त गर्दै नेकपा प्रचण्ड– नेपाल समूहले आपत्ती जनाएको छ । गत पुष २३ गते आयोगले पठाएको पत्र नै त्रुटीपूर्ण र पूर्वाग्रही देखिएको भन्दै प्रचण्ड–माधव समूह आज आयोग जाँदैछ ।
सर्वाेच्च अदालतमा विचाराधीन मुद्धा प्रभावित पार्न आयोगले जालझेल गर्न लागेको भन्दै आज दुबै अध्यक्ष विरोध जनाउन बहादुर भवन जाने कुरा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । सर्वाेच्चमा पुनस्थापनासम्बन्धी सुनुवाई भइरहेका बेला आयोग भने एकपक्षीय रुपमा निर्वाचन प्रकृयामा लागेको भन्दै विरोध जनाउन लागिएको पनि नेता पोखरेलले बताए ।
साथै, पुष २३ गते आयोगले एक साताको म्याद दिएर पठाएको पत्रबारे पनि सोधपुछ गरिने भएकोछ । आयोगले नेकपाका दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ बमोजिम जवाफ पठाउन पत्र पठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार