एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १९:७:३३
२७ पुष, भोजपुर । धार्मिक सहिष्णुता कायम गर्ने लक्ष्यका साथ यहाँ एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् । अरुण गाउँपालिका– ३ प्याउलीको मर्याङ डाँडामा हिन्दू, बौद्ध र किराँत धर्मका छुट्टाछुटै संरचनाको तीन वटै धर्मका धार्मिक गुरुले शास्त्रीय विधिअनुसार शिलान्यास गरेका हुन् ।
स्थानीय तोरण कार्कीले निःशुल्क रुपमा दिएको करिब २० रोपनी क्षेत्रफलमा अरुण बहुउद्देश्य आध्यात्मिक प्रतिष्ठानले मन्दिरसँगै सामुदायिक अतिथिगृहको पनि शिलान्यास गरिएको छ । त्यहाँ निर्माण हुने संरचनाको रु ९२ करोड ९८ लाख १२ हजार ९५४ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको प्रतिष्ठानका अध्यक्ष चूडामणि दाहालले जानकारी दिए। गुरुकुलको आगामी १० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।
हिन्दू धर्मको प्यागोडा शैलीको शिव मन्दिर, बौद्ध धर्मालम्बीको गुम्बा र किराँतको किराँत घर निर्माण हुनेछ । त्यस्तै अतिथि, भक्तजन तथा आमन्त्रितलाई लक्ष्य गरेर बहुउद्देश्य अतिथिगृह, हिन्दू, बौद्ध र किराँत धर्मका ज्ञान लिन आउने विद्यार्थीका लागि छात्रावास, सबै धर्मका सङ्ग्रहालय, खेल मैदान, कबर्ड हल, ध्यान केन्द्र, योग भवनलगायत संरचना बन्ने गरी डिपिआर तयार गरिएको प्रतिष्ठानले जनाएको छ ।
तीनै धर्मका पाठशालासमेत स्थापना हुने जनाइएको छ । पछिल्लो समय धर्मको बहानामा देखिएका समाजमा विखण्डन ल्याउने खालका क्रियाकलाप नियन्त्रण गर्न यसले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । ठूलो रकमको डिपिआर तयार भएकाले रकम जुटाउनका लागि केन्द्र, प्रदेश तथा स्थानीय निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गजेन्द्र कार्कीले भने, “हामीले सबै धर्मबीच सद्भाव स्थापना गर्नका लागि मन्दिर निर्माणको शिलान्यास गरेका छौँ, विस्तृत परियोजना प्रतिवेदनअनुसार यहाँ सबै संरचना निर्माण गर्न निकै धेरै रकमको आवश्यकता देखिएको छ, हामीसँग अहिले धेरै रकम त छैन, तर केन्द्र सरकार, प्रदेश सरकार स्थानीय सरकार तथा अन्य दाताको खोजी गरेर कामलाई सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’’
यसअघि सञ्चालन गरिएका विराट महायज्ञ तथा अरुण सांस्कृतिक महोत्सवबाट सङ्कलन गरिएको रु ५५ लाख लागतबाट संरचनाको निर्माण शुरु गरिएको हो । गाउँपालिकाले ठूलो लक्ष्यका साथ सबै धर्मलाई समेटेर धार्मिक गुरुकुल निर्माण गर्न लागेकाले पौवादुङमा गाउँपालिकाले पनि सहयोग गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार