कोरोनाको उत्पत्तिको अध्ययनका लागि डब्ल्यूएचओ चीन जाने
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार २०:३०:१२
२७ पुष, काठमाडौं । चीनले आगामी बिहीबार डब्ल्यूएचओका वैज्ञानिकहरुको टोली आइपुग्ने बताएको छ । सोमबार चीनको नेशनल हेल्थ कमिसनले कोरोना भाइरस ‘कोभिड-१९’ को उत्पत्तिबारे अनुसन्धानको लागि आउन लागेको टोली बिहीबार चीन आइपुग्ने बताएको हो ।
डब्ल्यूएचओको टोलीले जनवरीको सुरुबाट चीन भ्रमण सुरु गर्ने योजना बनाएको थियो । तर, गत साता डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले चीनले भिसा नदिएको कारण टोलीका केही मानिसहरुले चीन भ्रमण गर्न नसकेको जानकारी दिएका थिए ।
नेशनल हेल्थ कमिसनले टोलीको भ्रमणको मिति आधिकारिकरुपमा घोषणा गरे पनि यस विषयमा विस्तृत जानकारी भने दिएको छैन । सन् २०१९ को अन्तिममा चीनको वुहान शहरमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । डब्ल्यूएचओले वुहान शहरमा कसरी र कहिले कोरोनाको उत्पत्ति भएको भन्ने अध्ययनका लागि टोली चीन पठाउन लागेको हो ।
लामो समयसम्म चीनले कोरोनाबारे अध्ययनको लागि अस्वीकार गर्दै आए पनि अन्ततः डब्ल्यूएचओको टोलीलाई अध्ययनको अनुमति दिने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार