अम्बा र ड्रागन फ्रुटको व्यवसायिक खेती
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार २०:४८:१४
२७ पुष, झिमरुक। प्यूठानमा व्यवसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गरिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका–¬ २ दर्भानमा खेती गरिएको हो । तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि खेती शुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आएका हुन् ।
दर्भानसँगै राप्ती गाउँपालिका–२ बराखुट्टीमा पनि अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बाको बोट लगाएको सञ्चालक केशरबहादुरले जानकारी दिए । ती दुवै ठाउँमा गरी एक हजार २०० ड्रागन फ्रुटको खेती गरिएको छ । तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको बिरुवा लगाइएको छ ।
विभिन्न क्षेत्रमा भारत तथा चीनबाट अम्बा खरीद हुँदै आएकाले छिमेकी जिल्लामा समेत खपत हुने विश्वासले खेती गरेको सञ्चालक कृषक गुरुङले जानकारी दिए । एक वर्षका अवधिमा दुई चरणमा अम्बा फलेको उनको भनाइ छ । दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बिक्री गरेको र तेस्रो चरणको अम्बा फल्दै गरेको उनले बताए । प्रतिकेजी रु १०० का दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उनको भनाइ छ । अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे अम्बाखेती राम्रो हुने उनले जानकारी दिए ।
त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं २०७७ साउनदेखि कात्तिकको अवधिमा एक क्विन्टल ड्रागन फ्रुट बिक्री गरिएको सञ्चालक गुरुङको भनाइ छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फ्रुटको खेती गरिएको हो । पहिलो वर्ष केही कममात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने सञ्चालकको विश्वास छ । फार्ममा रातो र सेतो गरी दुई थरीको ड्रागन फु्रट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी रु ८०० र सेतोलाई प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ ।
उत्पादित पु्रफट जिल्लासँगै बुटवल र काठमाडौँमा पनि खपत हुने गरेको छ । खेती कम हने गरेकाले बिक्रीवितरण सहजरुपमा हुने गरेको छ । करीब रु २५ लाखको लगानीमा खेती गरिएको हो । वार्षिक रु एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कठ्ठा जमीन भाडामा लिई उक्त खेती गरिएको हो । ड्रागन फ्रुट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर र ४०० बिरुवा स्ट्रबेरीको पनि खेती गरिएको सञ्चालक उनले बताए ।
उमेरले ६२ वर्ष पुग्नुभएका गुरुङको राजनीतिक आवद्धता समेत रहेको छ । सानैदेखि खेती गर्दै आउनुभएका उनले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशामा लागेको बताए । “भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारतः खासै कृषि क्रान्ति भएन”, उनले भने, “व्यवहारत कृषि क्रान्तिका लागि हामीले खेती गरेका हौँ ।” अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार