मंगलबार , माघ १३, २०७७

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

२७ पुष, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आवद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख पीएसएलको ड्राफ्टमा परेका थिए ।

ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए । नेपाली खेलाडी अलग अलग समूहमा ड्राफ्टमा परेका थिए । लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य नौ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए ।

गत वर्षको पीएसएलमा पनि नेपालका आठ खेलाडी ड्राफ्टमा परेका थिए । अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पीएसएलका लागि छनोट हुन सकेनन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय