मंगलबार , माघ १३, २०७७

हबल्दारपुरका चिडीमारले नयाँ पक्की घर उपहार पाए

हबल्दारपुरका चिडीमारले नयाँ पक्की घर उपहार पाए

२७ पुष, बाँके । कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका ३४ घरपरिवार चिडीमारले नयाँ पक्की घर उपहार पाएका छन् । सुदुरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत त्यहाँका ३४ घर चिडीमारले नयाँ पक्की घर उपहार पाएका हुन् । बराण्डा र शौचालयसहित दुई कोठे नयाँ पक्की घर पाएपछि चिडीमार बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग र प्रफुल्लित छन् ।

“हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि विनोद चिडिमारले भने, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।” “पहिले माटोको घर थियो । सरकारले पक्की घर बनाइदियो”, उनले भने, “हामी खुशी छौं । पक्की घरमा बस्न पाएका छौं ।” पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका चिडीमारका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ ।

शहरी विकास तथा भवन कार्यालय, बाँकेले कोहलपुर नगरपालिका–१४ हबल्दारपुरका दुई ठाउँ गरेर ३४ पक्की घर बनाएका छन् । एक ठाउँमा १५ र अर्को ठाउँमा १९ गरी कार्यालयले कूल ३४ नयाँ पक्की घर बनाइदिएको हो । कार्यालयका प्रमुख रामआश्रय शाहले आर्थिक वर्ष २०७६/७७ मा चिडिमारलाई ६१ घर बनाइदिएको जानकारी दिए ।

उनका अनुसार कोहलपुर वडा नं १२ मा ३४, १४ मा १५ र १५ नंमा १२ घर बनिसेकका छन् । आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकरको सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि वडा नं १२ मा ११ घर बनाउने सम्झौता भएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ३३ घर बनेका थिए ।

वडा नं १५ मा १४ र वडा नं १४ मा १९ घर रहेका छन् । शहरी विकास तथा भवन कार्यालय, बाँकेका प्रमुख शाहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णयानुसार एक हजार ३७ र पुरानो सङ्घीय कार्यालयबाट निर्माणाधीन ८२९ गरी एक हजार ८६६ मध्ये एक हजार ३५५ घर बनिसकेको जानकारी दिए । सरकारले एउटा घर बनाउन रु तीन लाख ३६ हजार दिएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आयकर बुझाउने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न माग आयकर बुझाउने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न माग २ हप्ता पहिले
सोल्टी अपार्टमेन्ट आगलागीबाट २३ जनाको सकुशल उद्धार सोल्टी अपार्टमेन्ट आगलागीबाट २३ जनाको सकुशल उद्धार ७ दिन पहिले
बजार वृद्धि हुँदा पनि आजको मैनवत्ति भने रातो, २००० लाई टेवा बनाउन खोजेको हो ? बजार वृद्धि हुँदा पनि आजको मैनवत्ति भने रातो, २००० लाई टेवा बनाउन खोजेको हो ? ४ हप्ता पहिले
अमेरिकी तल्लो सदनबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित अमेरिकी तल्लो सदनबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित २ हप्ता पहिले
भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै १ हप्ता पहिले
नयाँ वर्षमा अत्यावश्यक बाहेकको यात्रा नगर्न चिनियाँलाई आह्वान नयाँ वर्षमा अत्यावश्यक बाहेकको यात्रा नगर्न चिनियाँलाई आह्वान ४ हप्ता पहिले
ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु ४ हप्ता पहिले
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तुलसी थापा पक्राउ अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तुलसी थापा पक्राउ ५ दिन पहिले