मंगलबार , माघ ६, २०७७

पृथ्वी जयन्तीमा त्यही सच्चा नेपाली देशभक्तिको गीत सार्वजनिक

पृथ्वी जयन्तीमा त्यही सच्चा नेपाली देशभक्तिको गीत सार्वजनिक

२७ पुष, काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रजरलोकप्रियरचर्चित अनुहारहरुको अभिनय रहेको छ ।

चलचित्र यात्राको निर्माता समेत रहेका चीजकुमार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर रहेको युगल राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भइसकेको छ ।

अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन् । निर्माता श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरुले अभिनय गरेको यो पहिलोपटक भएको बताए । चार दिन लगाएर छायांकन सम्पन्न गरिएको भिडियोहरु विभिन्न स्थानहरुका दृश्य समेटिएको छ ।

आनन्द अधिकारीको शब्द तथा राजन ईशानको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली ‘’ शीर्षकको उक्त गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गरेका छन् । रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने रेनिश फागोले यसमा कलर करेक्सन गरेका छन् ।

भिडियोमा सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुले अभिनय गरेका छन् ।

भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ भने चिज कुमार श्रेष्ठको प्रस्तुतिमा यो भिडियो तयार भएको हो । ‘रियल जिन्दगीमा राजनीतिक क्षेत्रमा रहेका विकृति विसंगतिबाट वाक्कदिक्क लागेपछि म रिल जिन्दगीतिर लागेँ,’ निर्माता श्रेष्ठले भने, राष्ट्रियता संकटमा परेको बेला देशभक्तिपूर्ण गीतमा काम गर्न मन लाग्यो । मलाई लाग्छ-एउटा उत्कृष्ट गीत र भिडियो बनेको छ ।

‘देशले मलाई के दियो भनेर सोच्नेरसोध्नेहरुको भिडमा मैले देशलाई के दिएँ भनेर सोच्न’ र तदनुरुप काम गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु,उनले भने ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेरो माइक्रोफाइनान्सको सञ्चालकमा अधिकारी र पुडासैनी निर्वाचित मेरो माइक्रोफाइनान्सको सञ्चालकमा अधिकारी र पुडासैनी निर्वाचित १४ घण्टा पहिले
होला कि ले बुलाकी:-सबैभन्दा कमजोर बाणिज्य बैंकको रुपमा सेञ्चुरी बैंक दर्ज होला कि ले बुलाकी:-सबैभन्दा कमजोर बाणिज्य बैंकको रुपमा सेञ्चुरी बैंक दर्ज ९ घण्टा पहिले
संसद विघटनविरुद्ध दायर रिटमाथिको सुनुवाइ सुरु संसद विघटनविरुद्ध दायर रिटमाथिको सुनुवाइ सुरु १६ घण्टा पहिले
आइतबारदेखि वृहस्पति ‘गुरु’ अस्त, काम्य कर्म गर्न नमिल्ने आइतबारदेखि वृहस्पति ‘गुरु’ अस्त, काम्य कर्म गर्न नमिल्ने ८ घण्टा पहिले
आगामी माघ १९ देखि आइस क्लाइम्बिङ फेस्टिभल हुने आगामी माघ १९ देखि आइस क्लाइम्बिङ फेस्टिभल हुने ६ घण्टा पहिले
जुम्लामा लोडसेडिङ हुने सूचना तालिका सार्वजनिक जुम्लामा लोडसेडिङ हुने सूचना तालिका सार्वजनिक १७ घण्टा पहिले
वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता १४ घण्टा पहिले
स्वाभिमान लघुवित्तद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा स्वाभिमान लघुवित्तद्वारा २१.०५ प्रतिशत लाभांश घोषणा १७ घण्टा पहिले
आइतबारदेखि वृहस्पति ‘गुरु’ अस्त, काम्य कर्म गर्न नमिल्ने आइतबारदेखि वृहस्पति ‘गुरु’ अस्त, काम्य कर्म गर्न नमिल्ने ८ घण्टा पहिले
नेप्सेमा यी दुई कम्पनीको शेयरमूल्य समायोजन ? नेप्सेमा यी दुई कम्पनीको शेयरमूल्य समायोजन ? ४ दिन पहिले
सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र १४ घण्टा पहिले
नेप्सेको साइडमा समस्या ? नेप्सेको साइडमा समस्या ? १३ घण्टा पहिले
ओलीमा भस्मासुर प्रवृत्ति रहेको माधव नेपालकाे आरोप ओलीमा भस्मासुर प्रवृत्ति रहेको माधव नेपालकाे आरोप २ दिन पहिले
शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीमाथि कारवाही, धरौटी रकम जफत ! शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीमाथि कारवाही, धरौटी रकम जफत ! ६ दिन पहिले
होला कि ले बुलाकी:-सबैभन्दा कमजोर बाणिज्य बैंकको रुपमा सेञ्चुरी बैंक दर्ज होला कि ले बुलाकी:-सबैभन्दा कमजोर बाणिज्य बैंकको रुपमा सेञ्चुरी बैंक दर्ज ९ घण्टा पहिले
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा लगानीकर्ताको आकर्षणः माग भन्दा बढी बिक्यो, कतिले दिए आवेदन ? इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा लगानीकर्ताको आकर्षणः माग भन्दा बढी बिक्यो, कतिले दिए आवेदन ? १ दिन पहिले