बिहिबार , माघ १५, २०७७

कोरानाविरुद्धको खोप ल्याउन सम्पूर्ण तयारी पुरा : स्वास्थ्यमन्त्री त्रिपाठी

कोरानाविरुद्धको खोप ल्याउन सम्पूर्ण तयारी पुरा : स्वास्थ्यमन्त्री त्रिपाठी

२७ पुष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोराना भाइरसविरुद्धको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेको बताएका हुन् ।

छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने भन्दै उनले रूस, भारत र युएईका राजदूतहरूसँग कुरा गरेको बताए । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् ।

खोप आयात भएको सात दिनभित्रमा वितरण सुरु भइसक्ने पनि उनको भनाइ छ । खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरूलाई परिचालन गरिने उनले बताए । यस्तै पाँच हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने पनि उनले जानकारी दिए ।

खोपको प्राप्ति अन्य व्यवसायिक वस्तुको प्राप्तिजस्तो नभई राजनीतिक वस्तुको रूपमा देखापरेकाले आपूर्तिमा समस्या भएको पनि बताए । तैपनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको उनको भनाइ छ । निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे ।

पहिले सरकार–सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने बताए । खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रहेका व्यक्तिलाई, ५५ वर्ष उमेरमाथिका र दीर्घरोगीहरूका लागि उपलब्ध गराइने उनले जानकारी दिए ।

नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दाबी गरे । खोपको खरिद प्रक्रियामा जे–जति आशंका देखिएका छन्  । त्यसलाई झुटो साबित गर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरकारकाे अन्याय र अत्याचारविरुद्ध राप्रपा विरोधमा उत्रिने : अध्यक्ष राणा सरकारकाे अन्याय र अत्याचारविरुद्ध राप्रपा विरोधमा उत्रिने : अध्यक्ष राणा २ हप्ता पहिले
सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र १ हप्ता पहिले
एक सातामा वाणिज्य बैंकको निक्षेप १० अर्बले घट्यो एक सातामा वाणिज्य बैंकको निक्षेप १० अर्बले घट्यो २ दिन पहिले
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन, किसान समस्यामा अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन, किसान समस्यामा ४ दिन पहिले
सन्दीपले यसपालीको बिगबासमा पहिलो खेल खेल्दै सन्दीपले यसपालीको बिगबासमा पहिलो खेल खेल्दै ४ हप्ता पहिले
ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना : पोखरेल ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिए एकताको सम्भावना : पोखरेल २ हप्ता पहिले
प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्काे इजलास शुक्रबार प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्काे इजलास शुक्रबार २ हप्ता पहिले
तपाईको आजको राशिफल कस्ताे छ ? तपाईको आजको राशिफल कस्ताे छ ? ४ हप्ता पहिले