तोरीको तेलमा उद्योगी राठीका दाजुभाई नै कार्टेलिङ्गमा
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार ०:१४:३५
२७ पुष, बिराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालित चन्द्रशिव राइस एण्ड आयल मिल उद्योगका संचालक दाजुभाई नै कार्टेलिङ्गमा संलग्न भएर बजारमा तोरी तेलको मूल्य मनपरी ढंगले बृद्धि गराउन थालेको रहस्य खुलेको छ । चालु आर्थिक वर्षको पुष महिना दुई दिन मात्र बाँकी रहँदा कार्टेलिङ्गको रहस्य खुल्न पुगेको हो ।
पुष महिनामा मात्र चन्द्रशिव राइस एण्ड आयल मिलका संचालक हरिबंश राठी र नरेश राठीले आफुले उत्पादन गरेको तोरीको तेलको भाउ प्रति कार्टुन २ हजार ४० रुपैयाँबाट बढाएर २१ सय १० रुपैयाँमा कारोवार गरी मुल्यवृद्धि गराएको जानकारी तेल व्यवसायीले नै दिएपछि तोरीको तेलमा हुने कार्टेलिङ्गको रहस्य खुल्न पुगेको छ । तोरीको तेल एक्कासी वृद्धि गरी २ हजार ४० रुपैयाँको तेल २१ सय १० रुपैयाँ पुगेको कुरा तेल व्यवसायीले जानकारी दिएपछि मात्र कार्टेलिङ्ग रहस्य खुलेको हो ।
उद्योगी राठी दाजुभाईले आफुले तेलमा गरेको कार्टेलिङ्ग हावी हुँदै गएपछि करिब दुई हप्ता अगाडी मात्र प्रतिकार्टुन २ हजार ४० रुपैयाँमा कारोवार भएको तोरीको तेलमा प्रतिकार्टुन ७० रुपैयाँ बढाएर मुल्य निर्धारण गरी कारोवार गर्न थालेको कुरा खुद्रा व्यवसायीले बताएका छन् ।
उद्योगीले आफनो होलसेलरबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराइएको र खुद्रा व्यापारीले पनि बढेको मुल्य कायम गरी तोरीको तेल बिक्री बितरण गर्न थालेपछि बजारमा एक्कासी तोरीको तेलमा भएको कार्टेलिङ्गको रहस्य खुल्न पुगेको हो ।
चन्द्रशिव राइस एण्ड आयलका संचालक हरिवंश राठी र नरेश राठीले मूल्य बढेको छ भन्दै नयाँ मूल्य होलसेलरकोमा पठाएर मुल्य बढएको कुरा खुद्रा व्यवसायीको आरोप छ । खुद्रा व्यवसायीका अनुसार अहिले तोरीको तेलमा एक्कासी मुल्य बढ्ने कारण आफुहरुलाई थाहा नभएको कुरा बताएपछि तोरीको तेलमा राठी दाजुभाईको कार्टेलिङ्ग रहस्य खुल्न पुगेको हो ।
उद्योगीको मनपरी मुल्य कायमले गर्दा उपभोक्तालाई एक महिनाको बीचमै तोरी तेलको भाउ लिटरमै करिब १ सय ५० रुपैयाँसम्मले बढ्न पुगेको छ । उद्योगीले फेरी महिनौं अघि नै उद्योगमा प्याकिङ अवस्थामा राखेको तेलको भाउ पनि उद्योगीका होलसेलर व्यापारीहरुले एक्कासी बढाएर बजारमा पठाएपछि तोरी तेलको मुल्य आकासिन पुगेको छ ।
पछिल्लो समय बजारमा बिक्री हुने तोरीको तेलको मुल्यमा खुद्रालाई दिने भन्दापनि बढीमा अधिकतम् खुद्रामूल्य उद्योगी राठीले तोकिदिएपछि तोरीको तेलमा हुने कार्टेलिङ्गको रहस्य खुलेको हो । अन्तर्राष्ट्रिय बजारमा एक हप्ता अगाडी मात्र तोरीको दानामा केही मुल्यवृद्धि मात्र भएको जानकारी उद्योगीले दिएका छन् ।
उक्त मुल्यवृद्धिको तोरी नेपाल आउन करिब तीन देखि चार महिना लाग्ने जानकारी पनि उद्योगीले दिएका छन् । अहिले तोरी आयात गर्नका लागि कन्टेनर नै भेट्न समस्या भएका कारण दुईचार महिना बढेको तोरीदान नेपाल ल्याउन सम्भव नै नभएको कुरा ती उद्योगीले बताएका छन् ।
चन्द्रशिव राइस एण्ड आयलका संचालक राठीले पनि केही दिन अगाडी मात्र दुई कन्टेनर तोरीका दाना नेपाल ल्याएता पनि उनले एक महिना अगाडी नै तोरीको तेलमा मुल्यवृद्धि गराएको कुरा खुद्रा ब्यवसायीले जानकारी दिएका छन । उद्योगी राठीले पछिल्लो समय बजारमा उपभोक्तालाई खुद्रामा बिक्रीगर्ने मूल्य भन्दा १ सय २० रुपैयाँसम्म बढी मुल्य बढाएको कुरा उनीहरु बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार