काठमाडौं उपत्यकासहित देशभर गर्मी महसुस
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार ०:३२:३
२७ पुष, काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । “अब गर्मी नै शुरु भई सकेको भने होइन केही दिन मौसम सफा भएकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको हो । कुनै मौसमी प्रणाली विकसित भए फेरी चिसो बढ्छ”, मौसमविद् मानन्धरले बताए ।
मौसमविद्का अनुसार डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । पानी पर्यो भने पनि जाडो बढ्छ तर अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गत साता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधारणले प्रदूषण बढेको समयममा पनि चिसो महसुस गर्न पाएनन् । गत वर्षमा डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यस वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन ।’मंसिर, पुष र माघ’ महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ ।
यस वर्ष माघ महिना शुरु हुन लाग्दा पनि हिउँदे वर्षा भएको छैन् । आइतबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । आज पनि काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस नै रहेको छ । त्यसैले गर्मी अनुभव भएको हो ।
भोलिदेखि कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना रहेकाले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार