मासु पसलमा आगलागी हुँदा १२ लाख बराबरको क्षति
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार १:०:२१
२७ पुष, भक्तपुर । सूर्यविनायकको एक मासु पसलसहित अन्य पाँच पसलमा आगलागी हुँदा करीब रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलमा गए राति आगलागी शुरु भएर अन्य पाँच पसलमा फैलिँदा करीब १२ लाख ६० हजारबराबरको धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीको अनुसन्धानअनुसार अचानक बिजुलीको तार चुहावट भई शुरु भएको आगलागीसँगैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
आगलागीबाट मासु पसल नजीकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा.७५प. ५८२४ नंको मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको उनले जानकारी दिए । घिसिङको मासु पसलमा रहेको जिउँदो ब्वायलर कुखुरा २५ वटा, तयारी मासु र फ्रिज एक थान, नारायण साडेमियाले सञ्चालन गरेको चिया पसलमा रहेको फ्रिज एक थान, टेबुल, कुर्सी नष्ट भएको छ ।
बिमल घिमिरेले सञ्चालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु र नरेश कर्माचार्यको कोठासमेतमा आगलागी हुँदा कोठामा रहेका दराज, पलङ, कार्पेट, श्यया, लत्ताकपडा र अन्य सामानसमेत जलेर नष्ट भएको प्रनाउ गिरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार