बिहिबार , माघ १५, २०७७

आज ५३०९ नमूना परीक्षण, ४८८ जनामा कोरोना पुष्टि

आज ५३०९ नमूना परीक्षण, ४८८ जनामा कोरोना पुष्टि

२७ पुष, काठमाडौं ।  पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ जना काठमाडौं उपत्यकाका छन् । हालसम्म दुई लाख ६५ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ । यससँगै कोरोना संक्रमणमुक्त हुनेको दर ९७।६ प्रतिशत पुगेको छ ।

चार हजार ३७३ जना संक्रमित आइसोलेशनमा छन् । आज १० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय