बिहिबार , माघ १५, २०७७

कप्तान कोहली र अनुष्का शर्मालाई पुत्रीलाभ

कप्तान कोहली र अनुष्का शर्मालाई पुत्रीलाभ

२७ पुष, एजेन्सी । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ ।सोमवार आफ्नो ट्विटर अकाउन्टमा विराटले छोरी जन्मेको सुखद खबर दिएका हुन् ।

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले सन् २०१७ मा बिहे गरेका थिए । अनुष्काले लकडाउनको समयमा आफू आमा बन्ने तयारीमा रहेको खुलाएकी थिइन् ।

यसपछि अनुष्काका विभिन्न तस्वीरहरु पनि सार्वजनिक भएका थिए । क्रिकेटर विराट कोहलीले अनुष्कालाई समय दिने भन्दै क्रिकेट खेलबाट केही समयका लागि छुट्टी समेत लिएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय