बिहिबार , माघ १५, २०७७

सरकारले सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान गर्ने : अर्थमन्त्री

सरकारले सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान गर्ने : अर्थमन्त्री

२७ पुष, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।  अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे । “सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ ।

त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन, अग्रगामी रुपमा अगाडि बढ्ने हो”, उनले राष्ट्रिय सहकारी महासंघको २८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै भने । मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरसहित सहकारी अभियानकर्मीको सामूहिक र एकीकृत छलफल गरी समस्या समाधानमा पहल गरिने बताए ।

उनले भने, “गुनासोले मात्र गन्तव्यमा पुगिँदैन । सरकारले के गर्नुपर्ने हो, अभियानबाट योजना बनाउनुस्, त्यसको समाधान गरेर अगाडि बढौँ ।”भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले महासङ्घले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपाय खोज्न आग्रह गरिन । उनले सहकारीमैत्री नरहेका कानून संशोधनको प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गरिन।

साधारणसभामा पूर्वमन्त्री केशवप्रसाद बडालले लेख्नुभएको १६औँ पुस्तक समाजवाद र महासङ्घले प्रकाशन गरेको सहकारीका सिद्धान्तको मार्गदर्शन सार्वजनिक गरिएको थियो । साधारणसभामा महासंघका अध्यक्ष मीनराज कँडेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ,भने लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अब छिट्टै दोस्रो चरणको खोप नेपाल आउने, तयारी पूरा अब छिट्टै दोस्रो चरणको खोप नेपाल आउने, तयारी पूरा ६ घण्टा पहिले
माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र २१ घण्टा पहिले
आज प्रधानमन्त्री कपमा वाग्मती र त्रिभुवन आर्मी खेल्दै आज प्रधानमन्त्री कपमा वाग्मती र त्रिभुवन आर्मी खेल्दै ६ घण्टा पहिले
पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक १९ घण्टा पहिले
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त १ घण्टा पहिले
माघ १५–२१ गते मतदाता नामावली अद्यावधिक गरिँदै माघ १५–२१ गते मतदाता नामावली अद्यावधिक गरिँदै २३ घण्टा पहिले
नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार २३ घण्टा पहिले
चार करोडको लागतमा ध्यानशालाको निर्माण सम्पन्न चार करोडको लागतमा ध्यानशालाको निर्माण सम्पन्न १ घण्टा पहिले