
२७ पुष, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सिभिल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । मुनाफ प्रस्ताव गर्न बाँकी रहेको वाणिज्य बैंकमध्ये एक मात्र सिभिल बैंकले आज लाभांश प्रस्ताव गरेसँगै २७ वटै बैंकको लाभांश प्रस्तावको काम पुरा भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको सोमबार ३ बजे बसेको बैंठकले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
हाल कायम चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँको ८ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ बराबरको बोनस र ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ नगद गरी कुल ६७ करोड ३९ लाख ६९ हजार ६५५ रुपैयाँ लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस शेयरधनीलाई वितरण गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको अब बस्ने वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।

Scanned Image
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट