मंगलबार , माघ ६, २०७७

अस्थायी मोटरेबल पुल बनेपछि गाउँगाउँमा आम्दानी भित्रिने  

अस्थायी मोटरेबल पुल बनेपछि गाउँगाउँमा आम्दानी भित्रिने  

२८ पुष, लमजुङ । यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो ।

नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व।मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्रिने सकिने बताए ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भने, “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ । यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेकोछ ।” केही समयका लागि भएपनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ ।

पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा संकलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने ६ दिन पहिले
शेयरबजार ईण्ट्राडे हाईमा बन्द हुन सफल ! बुलिस प्रवृत्ति कायमै शेयरबजार ईण्ट्राडे हाईमा बन्द हुन सफल ! बुलिस प्रवृत्ति कायमै ७ दिन पहिले
जाडोयाममा बिना जानकारी किन जान्छ झ्याप्प-झ्याप्प बिजुली ? जाडोयाममा बिना जानकारी किन जान्छ झ्याप्प-झ्याप्प बिजुली ? ३ हप्ता पहिले
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु २ हप्ता पहिले
कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम सम्पन्न कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम सम्पन्न ६ दिन पहिले
घाम अस्ताउन लाग्दा हिमालमा देखिएको सुनौलो दृश्य घाम अस्ताउन लाग्दा हिमालमा देखिएको सुनौलो दृश्य १ हप्ता पहिले
सरकार जस लिन खोज्ने,अपजस नलिने फट्याइँ नगरौं : नेता  गुरुङ सरकार जस लिन खोज्ने,अपजस नलिने फट्याइँ नगरौं : नेता गुरुङ ३ हप्ता पहिले
संखुवासभामा प्रहरी र विप्लव माओवादीका कार्यकर्ताबीच गोली हानाहान संखुवासभामा प्रहरी र विप्लव माओवादीका कार्यकर्ताबीच गोली हानाहान ३ हप्ता पहिले