बिहिबार , माघ १५, २०७७

नागरिक लगानी कोषले हकप्रद शेयर बिक्री खुला

नागरिक लगानी कोषले हकप्रद शेयर बिक्री खुला

२८ पुष, काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर बिक्री खुला गरेको छ । कोषले मंगलबारदेखि ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

यो हकप्रद प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन ‘बुक क्लोज’ गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले यो हकप्रद शेयर बिक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।

कम्पनीले गत भदौ २२ गते बोर्डमा हकप्रद निष्काशनका लागि निवेदन दिएको थियो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, चितवन, काभ्रे, बाँके, सुर्खेत, कैलाली, मकवानपुर, झापाको शाखा कार्यालय र नागरिक लगानी कोषको काठमाडौं, विराटनगर र पोखराको कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

माघ १९ गतेसम्म बिक्रीमा रहने यो हकप्रद शेयरमा आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय