कांग्रेसका क्रियाशिल सदस्यहरुको निष्क्रियता देखेर डा. शेखर कोइराला असष्तुष्ट
नेपालबहस संवाददाता
पुस २८, २०७७ मंगलबार २०:२७:२९
२८ पुष, काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र अहिले क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरणको कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेसले बिगतको तुलनामा झण्डै दोब्बर क्रियाशिल सदस्यता थप गर्ने गरी आफ्नो बिधानमा ब्यवस्था गरे बमोजिम अहिले नेपाली कांग्रेसले थप क्रियाशिल सदस्यता वितरणमा समेत अग्रसरता देखाएको हाे ।
तर भएका क्रियाशिल सदस्यहरुको समेत निस्किृयता देखेर नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले थप क्रियाशिल सदस्यता वितरणका बिषयमा असन्तुष्टि ब्यक्त गर्दै आईरहेका छन् । उनको भनाई छ, भएका क्रियाशिल सदस्यहरुको समेत निस्किृयता बढीरहेको बेलामा थप क्रियाशिल सदस्यताको के नै पो अर्थ रहन्छ होला र ?
पार्टीका आधिकारिक कार्यक्रमहरुमा समेत सहभागिता नजनाउने, पार्टीले गरेका निर्णयहरुमा बिराेधाभाषपूर्ण अभिब्यक्ति दिने, पार्टीलाई क्रियाशिल बनाउन कुनै पहल नगर्ने, तर क्रियाशिल सदस्यताको प्रमाणपत्र भने लिन होडबाजी गर्ने कांग्रेस प्रबृत्तिलाई समेत अब सुधार गर्दै लैजानु पर्ने कुरामा उनको जोड रहेको छ ।
नेपाली कांग्रेसमा क्रियाशिल सदस्यता बढाउनुको अर्थ के ? भन्दै पार्टीलाई थप क्रियाशिल र जुझारु बनाउन, सांगठनिक सुधार र गतिशिल कांग्रेस बनाउन क्रियाशिल सदस्यहरुको अत्यन्तै महत्वपूर्ण हात रहनु पर्ने अवस्थामा किन क्रियाशिलहरु नै निस्किृय हुन पुगे ? यसबारेमा सिंगो नेपाली कांग्रेसको ध्यान जान जरुरी रहेको समेत उनले बताए ।
कोइरालाको कथन छ, पार्टीमा जो जो सक्रिय छन् उनीहरुको क्रियाशिल नविकरण गरौं, नयाँ थप्दै नथपौं भन्ने होईन तर क्रियाशिलता हरेर मात्र निर्णय गरौं । क्रियाशिल सदस्यता बढाउने मात्रै प्रायोजनका लागि नयाँ क्रियाशिल सदस्य नथपौं । उनको आक्रोस थियो, नेपाली कांग्रेसको क्रियाशिल सदस्य भन्ने अनि निर्वाचन तथा पार्टी गतिबिधिमा संलग्न नै नहुने हो भने क्रियाशिल सदस्यता बितरणको के नै अर्थ रहन्छ र ?
अर्को फरक प्रसंगमा नेता डा. कोइरालाले यदि केपी ओलीले गरेको संसद बिघटनको पक्षमा सर्बाेच्च अदालतले फैसला सुनायो भने नेपाली कांग्रेस निर्वाचनमा जान्छ । निर्वाचनबाट भाग्ने या निर्वाचन बिथोल्ने नेपाली कांग्रेसको कार्यक्षेत्र भित्र पर्दैन, जनताको अभिमत लिन कांग्रेसले कसैको सहारा लिईराख्नु पनि पर्दैन तर निर्वाचनको बहानाबाजी गरेर पार्टीको महाधिवेशनलाई पछाडि धकेल्ने कार्य गर्नु हुदैन भन्दै पार्टीको महाधिवेशन पनि सुनिश्चित गरेर अगाडि बढनु पर्ने कुरामा जोड दिए ।
प्रतिनिधिसभा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि नहुने अवस्थामा मात्रै प्रधानमन्त्रीबाट ओलीलाई फाल्न दलहरुले संयुक्त संघर्ष गर्नुपर्ने बिचार राखेका नेता डा. कोइरालाले प्रतिनिधिसभा बिघटन असंबैधानिक भन्नेहरुले पुनःस्थार्पनाका लागि संघर्ष गर्नुपर्ने कुरामा समेत जोड दिए ।
वर्तमान ओली सरकारले गरेको प्रतिनिधिसभा बिघटन असंबैधानिक भनिरहँदा यसलाई बैधाकिता दिन पनि पुनःस्थापनाको बिकल्प नरहेकोमा जोड दिदैं नेता कोईरालाले तर यो बिषय अहिले सर्बोच्च अदालतमा पुगिसकेको र नेपाली कांग्रेस प्रजातन्त्र र कानूनको शासनमा बिश्वास राख्ने पार्टी भएकोले सर्बोच्च अदालतको फैसलालाई शिरोपर गरेर अगाडि बढछ भन्ने कुरामा समेत सबै नेपाली नागरिकहरुलाई विश्वास र भरोषा दिलाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार