बिहिबार , माघ १५, २०७७

ओली सर्वसत्तावादी : यादव

ओली सर्वसत्तावादी : यादव

२८ पुष, वीरगञ्ज । समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै उनीविरुद्ध सशक्त आन्दोलनको आवश्यकता औंल्याएका छन् । आज वीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले नेपाली राजनीतिक क्षितिजमा ओली एक्लिएको पनि बताए । तर उनी प्रतिगमकारी शक्ति र संघीयताविरोधी शक्तिलाई साथमा लिएर चुनावको रटान लगाइरहेका छन् जुन सम्भव नै छैन– यादवले भने ।

ओलीले घोषणा गरेको चुनाव गर्नका लागि होइन, केवल जनताको ध्यान मोढ्न एउटा फण्डा मात्र फालेका हुन् – उनले भने । आफूले गरेको असंवैधानिक कामतिर जनताको ध्यान नजाओस् भन्ने अभिप्रायले फालिएको फण्डा मात्रै हो भन्दै अध्यक्ष यादवले ओली नेतृत्वमा हुने निर्वाचनको निष्पक्षता र विश्वसनीयता नै नरहेको पनि प्रष्ट्याए ।

देश र जनता अहिले निर्वाचन नभइ राजनीतिक स्थिरताको पक्षमा रहेको बताउँदै उनले ओलीले गरेको असंवैधानिक काम सर्वाेच्च अदालतले सच्याउने विश्वास प्रकट गरे । राज्यका सबै अंगहरुलाई आफ्नो नियन्त्रणमा राख्ने मनसायले ओली अगाडि बढेको दाबी गर्दै उनले भने – देशलाई लोकतान्त्रिक बाटोमा अग्रसर गराउने की प्रतिगमनतिर धकेल्ने भन्ने निर्णय सर्वाेच्चको बेञ्चमा पुगेको छ ।

ओलीजी अब आन्दोनका सबै उपलव्धि मिल्काएर एकलौटी हिंंड्न खोजेको यथार्थ सबै राजनीतिक दलले बुझ्नुपर्ने हो भन्दै उनले नेपाली कांग्रेसलगायत सबै दलहरु ओलीको प्रतिगमनप्रति सजग र सचेत रहेको बताए । ओलीको असंवैधानिक कदमविरुद्ध लड्न दलहरु एकजुट हुन नसकेकोप्रति संकेत गर्दै यादवले पहिलो चरणका कार्यक्रम पूरा भएपछि अब दोस्रो चरणमा प्रवेश गर्दा नयाँ माहोल बन्ने दावी गरे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय