बिहिबार , माघ १५, २०७७

एउटा यस्तो प्रेम कहानी चलचित्र आगामी माघ १ गते प्रदर्शन हुने

एउटा यस्तो प्रेम कहानी चलचित्र आगामी माघ १ गते प्रदर्शन हुने

२८ पुष, काठमाडौं ।  विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहेका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।

कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोेलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिए।

“कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उनले भने । दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उनको भनाइ छ । सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उहाँले सरकारलाई धन्यवादसमेत दिए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सिङ्गो फिल्म क्षेत्रलाई बचाउनका लागि नयाँ फिल्म प्रदर्शन गर्न लागिएको बताए । चलचित्र निर्माण तथा सञ्चालनका लागि अपनाइने स्वास्थ्य मापदण्ड चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले सरकारलाई बुझाइसकेको उनको भनाइ छ ।

अध्यक्ष अधिकारीले लामो समय बन्द रहेको चलचित्र हल खुले पनि फिल्म उद्योगले बन्दाबन्दीको समयमा व्यहोर्नु परेको समस्याका बारेमा सरकारसँग निरन्तर छलफल भइरहेको उल्लेख गरे । हाल नेपालभर २५० भन्दा बढी चलचित्र हल सञ्चालन छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण ४ दिन पहिले
एक व्यक्तिलाई दुई मात्रा दिइने खोप पाँच लाखलाई दिदै सरकार एक व्यक्तिलाई दुई मात्रा दिइने खोप पाँच लाखलाई दिदै सरकार ५ दिन पहिले
सुनको तोलामा ७ सयले घट्याे, चाँदीको भाउमा सामान्य गिरावट सुनको तोलामा ७ सयले घट्याे, चाँदीको भाउमा सामान्य गिरावट १७ घण्टा पहिले
मन्त्री अर्यालको किल्लामा झाक्रीको गर्जन, स्याङजा २ मा उपनिर्वाचन गर्ने ढकालको दावी मन्त्री अर्यालको किल्लामा झाक्रीको गर्जन, स्याङजा २ मा उपनिर्वाचन गर्ने ढकालको दावी २ दिन पहिले
नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्याे नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्याे ३ दिन पहिले
नाफा बुक गर्नेहरु सक्रिय हुँदा नेप्सेमा सामान्य करेक्सन नाफा बुक गर्नेहरु सक्रिय हुँदा नेप्सेमा सामान्य करेक्सन २ दिन पहिले
न्युज लाइन्स मिडियाको चौथौ वार्षिकोत्सव सम्पन्न न्युज लाइन्स मिडियाको चौथौ वार्षिकोत्सव सम्पन्न ३ दिन पहिले
सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने २ दिन पहिले