आइतबार , माघ ४, २०७७

गाउँपालिकाद्धारा पाँच श्ययाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा

गाउँपालिकाद्धारा पाँच श्ययाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा

२८ पुष, खलङ्गा । पातारासी गाउँपालिकाले पाँच श्ययाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा  ल्याइएको छ । सो अस्पताल उद्घाटन गर्दै अध्यक्ष लछिमान बोहराले अहिले पनि कोरोना कम नभएको भन्दै कठिन अवस्था आएमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन सघाउने बताए ।

सङ्घीय सरकारको रु १० लाखको बजेटमासो अस्पताल निर्माण गरिएको हो । अस्पताल सञ्चालनका लागि मेडिकल अफिसर, दुई जना स्टाफ नर्स र कार्यालय सहयोगी व्यवस्था गरेअनुसार मेडिकल अफिसरको दरखास्त नपरेको र अरू स्टाफसमेत भर्ना गरी काम पुनः सञ्चालन गरिएको पातारासी गाउँपालिकाले जनाएको छ ।

यसअघि सिञ्जा, तातोपानी, गुठिचौर गाउँपालिकामा समेत अस्थायी अस्पताल सञ्चालन गरिसकेका छन् । सङ्घीय सरकारकै लगानीमा तिला गाउँपालिकाको कुडारीमा १० श्ययाको अस्पताल निर्माणका लागि शिल्यान्यास गरिएको छ ।

यसैगरी सिञ्जा क्षेत्रको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल शिलान्यासको तयारी भएको गाउँपालिकाले जनाएको छ । पुस २९ गते नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावत अस्पताल शिलान्यास गर्न जुम्ला पुग्न स्वास्थ्यकर्मी नेत्र खत्रीले बताए।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय