सोमबार , माघ ५, २०७७

एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन

एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन

२८ पुष, खलङ्गा ।  जुम्लाको सिञ्जा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीलाई ६ वटा वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नुपरेको छ ।

गत पुष १५ गतेदेखि सबै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेको छ । एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नुपर्दा निकै कठिन भइरहेको वडा सचिव रोकायाले बताए । कर्मचारी अभावका कारण वडा कार्यालयमा हुने काममा समस्या हुने गरेको सो वडाका स्थानीयवासी बताउँछन् ।

वडा कार्यालयमा केही काम गर्नु परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीयवासी रत्नवीर बुढाले बताउनुभयो । वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाइँसराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडाअध्यक्ष रणबहादुर रोकायाले बताए ।

गाउँपालिकामै कर्मचारी अभाव भएकाले वडादेखि पालिकाको प्रशासनिक काममा पनि समस्या भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताए । उनले भने, “कर्मचारी  अभावले सेवाप्रवाहमा यहाँका स्थानीयवासीलाई असर परेको छ ।” कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भइरहेको गाउँपालिका अध्यक्ष रावलले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माघ ७ गते वाग्मती प्रदेशसभा बैठक बोलाउन सिफारिश माघ ७ गते वाग्मती प्रदेशसभा बैठक बोलाउन सिफारिश २ हप्ता पहिले
राष्ट्र बैंक भन्छ:-शिथिल बनेको अर्थतन्त्रमा सुधार, ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा    राष्ट्र बैंक भन्छ:-शिथिल बनेको अर्थतन्त्रमा सुधार, ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा   ६ दिन पहिले
अब लाइसेन्सको परीक्षाका लागि कोटा प्रणाली हटाइने अब लाइसेन्सको परीक्षाका लागि कोटा प्रणाली हटाइने ६ दिन पहिले
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ ६ गतेसम्म भर्न सकिने, पहिलो दिनमा यति धेरैले दिए आवेदन ? २ दिन पहिले
खुमलटारमा प्रचण्डको पक्षको भेला, ओलीलाई कस्तो कारवाही गर्ने ? खुमलटारमा प्रचण्डको पक्षको भेला, ओलीलाई कस्तो कारवाही गर्ने ? ४ हप्ता पहिले
दुर्घटना, विपद् र आत्महत्याका शव परीक्षण गर्न समस्या दुर्घटना, विपद् र आत्महत्याका शव परीक्षण गर्न समस्या १ हप्ता पहिले
सत्ता चास्नीमा रमाएका देउवा सत्ता चास्नीमा रमाएका देउवा ४ हप्ता पहिले
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसदलाई मुख्यमन्त्रीको कारवाही अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसदलाई मुख्यमन्त्रीको कारवाही ३ हप्ता पहिले