बिहिबार , माघ १५, २०७७

समुत्थान बहुउद्देश्यीय सहकारी संचालनमा

समुत्थान बहुउद्देश्यीय सहकारी संचालनमा

२८ पुष, काठमाडौं । समुत्थान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो काम शुभारम्भ गरेको छ । सरकारी ऐन वि.सं. २०४८ अन्तर्गत स्थापना भएको सहरकारी नेपाल सरकारबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त वित्तीय संस्था हो ।

संस्थाको प्रधान कार्यालय जडीबुटी, नरेफाँटमा रहेको छ । संस्थाको व्यवस्सथापनमा गौरवशाली इतिहास बोकेका व्यक्तिहरू, सफल व्यवसायी, उदाहारणीय उद्दमी, परिचित समाजसेवी, बुद्धिजीवि, कुशल व्यवस्थापकहरूबाट सञ्चालित भएको सहकारीले बताएको छ । संस्थामा बैंक तथा बित्तिय संस्थामा लामो समयको कार्य अनुभव भएका व्यक्तिहरूको संलग्नता रहेको छ ।

सहकारीको आधारभूत मान्यतालाई अन्तर हृदयदेखि आत्मसात गरी सदस्यहरू बीचको सम्बन्धलाई आर्थिक गतिविधिमा मात्र सिमित नराखी सामाजिक, सांस्कृतिक हिसाबले समेत चेतना अभिवृद्धि गरी शिक्षा, स्वास्थ्य, रोजगार लगाएत सामाजिक जीवनका विभिन्न पक्षहरूमा सहकारीका माध्यमबाट नयाँ आयाम कोर्न यो संस्था दृढ संकल्पित छ ।

सफल उद्दमी शिक्षासेवी माननीय उमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सहकारी संस्थाको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेन्चुरी बैङ्कका अध्यक्ष राजेश श्रेष्ठ र उदयपुर सिमेन्ट उद्योग प्रा. लि. का महाप्रबन्धक गोपी न्यौपाने विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष उद्धव तिमल्सेना, लगायत समाजका लब्ध—प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उमेश श्रेष्ठले सफलताको शुभकामना दिदै उत्पादनशिल, आयमुलक, शिपमुलक क्षेत्रको पहिचान गरी विधि विधान भित्र रहेर सफलताको सगरमाथा चढ्न इमान्दरीताका साथ संस्था लागी पर्ने कुरामा विशवस व्यक्त गरे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय