बिहिबार , माघ १५, २०७७

राष्ट्र बैंक भन्छ:-शिथिल बनेको अर्थतन्त्रमा सुधार, ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा  

राष्ट्र बैंक भन्छ:-शिथिल बनेको अर्थतन्त्रमा सुधार, ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा   

२८ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले कोभिड–१९ महामारीले शिथिल बनेको अर्थतन्त्रमा सुधार आउन लागेको उल्लेख गरेको छ । केन्द्रीय बैंकले यसअघि असारमा महामारीको प्रभाव अध्ययन गर्दा सर्वेक्षणमा सहभागी भएका व्यवसायको पुनः अध्ययन गर्दा सुधार भएको पाइएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ अनुसार, ५४ प्रतिशत उद्योग, व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ ।

कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार उद्योगरव्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको पाइएको छ ।

केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टका अनुसार २०७७ कार्तिक १३ देखि २०७७ मंसिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मक रूपमा सुधार देखिएको हो ।

यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी-व्यवसायीबाट तथ्याङ्क संकलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१।०३ प्रतिशत उद्योग-व्यवसाय सञ्चालन हुन नसकेको र ४।१ प्रतिशत उद्योग-व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो ।

सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ । अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्याङ्क सङ्कलन गर्दा कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्रै सञ्चालनमा थियो । पछिल्लो अध्ययनमा भने ५०.५१ प्रतिशत पुगेको छ । यस्तै रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

यस्तै कृषि वन तथा मत्स्यपालनमा गत असारमा सञ्चालनको अवस्था ५८.०८ प्रतिशत रहेकामा गत मङ्सिरमा आइपुग्दा ७१.९७ प्रतिशत पुगेको छ । खानीतर्फ गत असारमा ४० प्रतिशत रहेकामा मंसिरमा ५२।५० पुगेको छ । केन्द्रीय बैंकका अनुसार उत्पादनमूलक उद्योगतर्फ ६१.९३ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको छ । विद्युत्, ग्यास, पानीतर्फ ९२.५० प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ । निर्माण क्षेत्रमा ५४.८३, थोक तथा खुद्रा व्यापार ५७.२२, होटल तथा रेष्टुरेन्ट १८.११, यातायात तथा भण्डारणतर्फ ५५ प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ ।

सञ्चारतर्फ ४२.२७, रियलस्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप ४६.४३, शिक्षा ३७.५८, स्वास्थ्य तथा सामाजिक कार्य ५२ र अन्य क्षेत्र क्रमशः ४४ प्रतिशत सञ्चालनमा आएको केन्द्रीय बैंकले जनाएको छ । गत असारको तुलनामा उद्योग–व्यवसायको उत्पादन तथा कारोवारको अवस्थामा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।

कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन-कारोवार रहेकामा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सवारी साधनको ठक्करबाट एकको मृत्यु सवारी साधनको ठक्करबाट एकको मृत्यु ५१ मिनेट पहिले
पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक १८ घण्टा पहिले
सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणाली कार्यान्वयनका लागि सम्झौता सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणाली कार्यान्वयनका लागि सम्झौता २३ घण्टा पहिले
माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र २० घण्टा पहिले
सङ्गीत अभ्यास र साधनालाई विश्राम दिएन गायक रामजी नेपालीले सङ्गीत अभ्यास र साधनालाई विश्राम दिएन गायक रामजी नेपालीले ३८ मिनेट पहिले
श्रीस्वस्थानी व्रतकथाकाे महत्व: महादेव जस्तै पति पाऊँ श्रीस्वस्थानी व्रतकथाकाे महत्व: महादेव जस्तै पति पाऊँ १८ मिनेट पहिले
श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ १ घण्टा पहिले
नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार २२ घण्टा पहिले