बिहिबार , माघ १५, २०७७

लक्ष्मी बैंकको २० औँ वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २० औँ वार्षिक साधारणसभा सम्पन्न

२९ पुष, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु १० अर्ब ६९ करोड पुगेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७६/७७ मा रु १००.७६ अर्ब निक्षेप र रु ८९.८९ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १२८ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ   सेवा प्रदायकको रुपमा बैंक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ सेवा प्रदान गर्न सक्षम भएको छ । लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ ।

यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्ड तथा लक्ष्मी उन्नति कोष नामक म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार २४ घण्टा पहिले
सरकारद्धारा मन्त्रिपरिषदका निर्णय सार्वजनिक [ हेर्नुस सूचीसहित ] सरकारद्धारा मन्त्रिपरिषदका निर्णय सार्वजनिक [ हेर्नुस सूचीसहित ] २० घण्टा पहिले
देशभर २८३ कोरोना संक्रमित थपिए देशभर २८३ कोरोना संक्रमित थपिए २२ घण्टा पहिले
खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या ३ घण्टा पहिले
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी २७ मिनेट पहिले
अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ २३ घण्टा पहिले
आफ्नै घरमा पालेको राँगाले हान्दा वृद्धको मृत्यु आफ्नै घरमा पालेको राँगाले हान्दा वृद्धको मृत्यु ७ घण्टा पहिले
पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक २० घण्टा पहिले