बिहिबार , माघ १५, २०७७

स्थापना दिवसमा थुनुवाकक्षलाई पुस्तक हस्तान्तरण

स्थापना दिवसमा थुनुवाकक्षलाई पुस्तक हस्तान्तरण

२९ पुष, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको थुनुवाकक्षका लागि पुस्तक हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पुस्तक हस्तान्तरण गरेको हो ।

महासङ्घले मंगलबार आफ्नो १६औँ स्थपना दिवसको अवसरमा कार्यालयमा एक कार्यक्रम गर्दै पुस्तक हस्तान्तरण गरेको हो । संस्थाले ४१३ थान पुस्तक जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई किताब फाइदाजनक हुने बताए । किताबको पूर्ण सदुपयोग हुने उहाँले विश्वास व्यक्त गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँले आफ्नो व्यवसायसँगै सामाजिक दायित्व बहन गर्दै पढ्ने संस्कृतिको विकास गर्न पुस्तक सहयोग गरेको बताए । यस्तै महासंघका वाग्मती प्रदेश अध्यक्ष किरणकुमार खनालले थुनुवाकक्षमा रहेका व्यक्तिलाई किताबमार्फत असल बाटोमा हिँड्न अभिप्रेरित गर्नका लागि किताब सहयोग गरेको बताए ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले हिरासतमा रहेका व्यक्तिका लागि पढ्ने व्यवस्था गर्ने जानकारी दिए । गुरुङले पछिल्लो समयमा अपराधका घटना बढ्दै जाँदा कानूनले मात्र नभएर प्रहरीसँग समुदाय साझेदारी गरी सकारात्मक सोचको विकास गर्न सकेमा अपराधका घटना कम गराउन सकिने बताउए । जिल्ला प्रहरी कार्यलय चितवनमा ८० थुनुवा अटाउने हिरासतकक्ष रहेको छ भने हाल ५२ विभिन्न मुद्दा खेपिरहेका आरोपित छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय