सोमबार , माघ ५, २०७७

नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक वितरण

नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक वितरण

२९ पुष, काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीपकुमार भण्डारी, डा लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे ।

हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे । करिब रु छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए । विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

शिक्षाविद्समेत रहनुभएका डा आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताए । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए ।

नगरपालिकामा मङ्गलबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयबाट शुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कथा: कठै बरा ! मेरो कालो भड्डु !! कथा: कठै बरा ! मेरो कालो भड्डु !! २ हप्ता पहिले
मतदाता नामावली अद्यावधिक गर्न शुरु मतदाता नामावली अद्यावधिक गर्न शुरु ३ हप्ता पहिले
व्यवसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा व्यवसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा ४ हप्ता पहिले
चिनियाँ टोली शीतलनिवासमा, पहिलो भेट संसद विघटन गर्ने राष्ट्रपतिसँग चिनियाँ टोली शीतलनिवासमा, पहिलो भेट संसद विघटन गर्ने राष्ट्रपतिसँग ३ हप्ता पहिले
मतदाताको पायक पर्ने स्थानमा केन्द्र निर्धारण गर्न  प्रमुख आयुक्त थपलियाकाे निर्देशन मतदाताको पायक पर्ने स्थानमा केन्द्र निर्धारण गर्न प्रमुख आयुक्त थपलियाकाे निर्देशन ७ दिन पहिले
राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा राप्रपाको विशाल जनप्रदर्शन (तस्वीरहरु) राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा राप्रपाको विशाल जनप्रदर्शन (तस्वीरहरु) २ हप्ता पहिले
एउटा यस्तो प्रेम कहानी चलचित्र आगामी माघ १ गते प्रदर्शन हुने एउटा यस्तो प्रेम कहानी चलचित्र आगामी माघ १ गते प्रदर्शन हुने ६ दिन पहिले
चर्काे आलोचनापछि इजलाशमा नबस्ने न्यायाधीश कार्कीको निर्णय चर्काे आलोचनापछि इजलाशमा नबस्ने न्यायाधीश कार्कीको निर्णय २ हप्ता पहिले