बिहिबार , माघ १५, २०७७

काठमाडौंमा मोटी युवतीहरुको मोडलिङ अडिसन

काठमाडौंमा मोटी युवतीहरुको मोडलिङ अडिसन

२९ पुष, काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको सुपर प्लस साइज मोडल २०२१ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । अल साइज इज ब्युटिफुल भन्ने नाराका साथ आयोजना हुने सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो ।

तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो । काठमाडौंको बागबजारस्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये उक्त अडिसनबाट कुल ९ जना फिनालेका लागि छनौटमा परेका छन् । टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दीपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलहरुको छनौट गरेको थियो ।

मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप मोडलहरु छनौट गर्दै प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा छ । उनीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिने छन् । प्रशिक्षण पस्चात सहभागीहरु बीच प्रतिस्पर्धा गराईनेछ ।

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने कम्पनीका प्रमुख डेभिल सिंह राजपुतले जानकारी दिएका छन् । उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि राजपुतले जानकारी दिएका छन्।

राजपुतका भन्छन, ’प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो’ ।

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपालको आयोजना गर्दै समेत आएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डेढ दर्जन वाणिज्य बैंकको त्रैमासिक रिपोर्ट सार्वजनिक, अब्बल मानिएका बैंकको किन घट्दैछ मुनाफा ? डेढ दर्जन वाणिज्य बैंकको त्रैमासिक रिपोर्ट सार्वजनिक, अब्बल मानिएका बैंकको किन घट्दैछ मुनाफा ? ४ घण्टा पहिले
काठ बिक्री गर्न नपाउँदा उपभोक्ता समस्यामा काठ बिक्री गर्न नपाउँदा उपभोक्ता समस्यामा ७ घण्टा पहिले
माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र २२ घण्टा पहिले
दुर्घटना न्यूनीकरण गर्न सडकमा ट्राफिक कोन दुर्घटना न्यूनीकरण गर्न सडकमा ट्राफिक कोन २० घण्टा पहिले
अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ २३ घण्टा पहिले
आफ्नै घरमा पालेको राँगाले हान्दा वृद्धको मृत्यु आफ्नै घरमा पालेको राँगाले हान्दा वृद्धको मृत्यु ७ घण्टा पहिले
अर्बपति क्लबमा पुग्यो कुमारी बैंक ! लिडर बैंक बन्ने यात्रामा अर्बपति क्लबमा पुग्यो कुमारी बैंक ! लिडर बैंक बन्ने यात्रामा १ घण्टा पहिले
नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार २४ घण्टा पहिले