
२९ पुष, काठमाडौं । सबैलाई थाहा थियो–प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कम्मल ओढेर घीउ तन्काउने काइदा हो भनेर । यद्यपि उनले नेपाली जनतालाई लामो समय भ्रममा पारे । सधैं भारतीय संस्थापन पक्षको निकट बसेर तत्कालिन एमाले राजनीतिको केन्द्रीय भागमा हैसियत जमाएका ओली २०७२ सालको नाकाबन्दीताका भने कागताली परेर राष्ट्रवादी पगरी ओढ्न सफल भए । त्यसको कारण थियो – भाजपा सरकार र प्रधानमन्त्री नरेन्द्र मोदी ।
मोदीले ओलीलाई खासै महत्व दिएनन् । किनभने ओली कांग्रेस आई निकट व्यूरोक्र्याट्सको गूडलिस्टमा थिए । मोदीले वास्ता नगरेकैले ओली भाजपा सरकारसँग चिढिएका थिए । त्यसैले गर्दा ओली एक्कासी महान राष्ट्रवादी नेता कहलिए । नेपाली जनताले त्यसैको बदलास्वरुप ओलीलाई दुई तिहाई समर्थन प्राप्त प्रधानमन्त्री नै बनाए । तर समयक्रममा काग र कोइली छुट्टिन्छ भनेजस्तै ओलीको सक्कली अनुहार देखिन थालेकै हो । चाहे त्यो आइफा प्रकरणमा होस् वा भारतीय तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सन्दर्भ होस्, ओलीको नक्कली राष्ट्रवाद फेरिपनि उदांगिएकै हो ।
प्रधानमन्त्री भइसकेपछि पनि भारतीय संस्थापन पक्षले नगनेको भन्दै ओली चीनसँग लहसिन खोजेका थिए । अघिल्लो कार्यकालमा त उनको चीनसँग विषेश सम्बन्ध नै रह्यो । तर दोस्रो इनिङमा भने ओली झस्किन पुगे । जब चीनले ओलीको ठाउँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने तानाबुना बुन्यो र त्यसको छनक उनले पाए , त्यसपछि त ओली यूटर्न भए ।
चीनले आफूलाई प्रयोग मात्र गर्न खोजेको बुझाई ओलीको भएपछि भने फेरि उनको झुकाव भारततिरै ढल्कियो । यसका लागि ओलीले भारतीय गुप्चर संस्था रअ प्रमुख सामन्तकुमार गोयलको सहयोग लिए । गोयललाई नेपाल बोलाएर उनले मध्यरातमा आफ्नो सरकारी निवासमा घण्टौं छलफल गरे । अनि उनको सम्बन्ध संस्थापन पक्षसँग बलियो बनाउने अभियानको थालनी भयो ।
जी न्यूजको दुईवटा च्यानललाई ओलीले हिन्दी र अंग्रेजी भाषामा अन्तर्वार्ता दिए । अन्तर्वार्ता सुन्दा लाग्थ्यो ओली त फेरि पनि राष्ट्रवादी धार फर्काउने अभियानमा जुटिसकेकाछन् । सोझा जनता फेरिपनि भ्रमित हुने भए । तर ओलीको राष्ट्रवादको धोती त्यतिबेला खुस्कियो जब जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले हिजो राति एउटा यस्तो सनसनीपूर्ण समाचार प्रशारण गरे, जुन नेपाल र नेपालीको शीर छेदन गर्ने थियो ।
त्यसपछि त ओलीले यति बलियो अवस्थामा रहेको अनुभूति गरे की संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिदिए । लोकतन्त्रको चीर हरण भएको दुनियाँले भन्दैछ । तर लोकतन्त्रको ठेकेदारको रुपमा आफूलाई दाबी गर्ने भारतीय सरकार भने यो मुद्धामा मौन छ । कारण अहिले ओलीलाई चिढ्याउने पक्षमा भारतीय संस्थापन पक्ष रहेन ।
त्यसैको बलमा ओलीले भारतीय सञ्चारमाध्यममार्फत आफ्नो राष्ट्रवादी छविलाई फेरि पुनर्उन्थान गर्न खोजे । त्यसका लागि उनको छनोट यस्तो सञ्चारमाध्यम बन्यो जसलाई समुचा भारतमा गोदी मिडिया अर्थात मोदीको काखे मिडिया भनेर चिनिने जी न्यूज च्यालन बन्यो । यसका लागि ओलीले तिनै गोयलसँग सम्पर्क गराउने सूत्रको प्रयोग गरे ।
जी न्यूजको दुईवटा च्यानललाई ओलीले हिन्दी र अंग्रेजी भाषामा अन्तर्वार्ता दिए । अन्तर्वार्ता सुुन्दा लाग्थ्यो ओली त फेरि पनि राष्ट्रवादी धार फर्काउने अभियानमा जुटिसकेका छन् । सोझा जनता फेरिपनि भ्रमित हुने भए । तर ओलीको राष्ट्रवादको धोती त्यतिबेला खुस्कियो जब जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले हिजो राति एउटा यस्तो सनसनीपूर्ण समाचार प्रशारण गरे, जुन नेपाल र नेपालीको शीर छेदन गर्ने थियो । चौधरीले ओलीको अन्तर्वार्ता लिएको भोलिपल्टै सगरमाथाको बेसक्याम्पमा पुगेर अर्काे रिपोर्टिङ गरे , जसमा उनले माउण्ट एभरेष्टमा भारतको दाबी रह्यो । उनले सगरमाथाको पहिलोपटक म्यापिङ गर्ने राधाकृष्ण सिकन्दरकै नाममा अब नामाकरण गर्नुपर्ने तर्क गरेकाछन् । साथै, यसका लागि आफूले अब अभियानकै थालनी गर्ने उद्घोष गरे ।
प्रधानमन्त्री ओलीको रोजाइमा परेका चौधरीले यस्तो दाबी गर्दा नेपाल सरकार मौन छ । जी न्यूज त्यही च्यानल हो , जसले ओली र चिनियाँ राजदूत होउ यान्छीबीच गलत समाचार सम्प्रेषण गरेको थियो । विष कन्याले ओलीलाई लठ्याएको भन्दै लामो समाचार प्रस्तुुत गरेको थियो । आखिर त्यही च्यानलले ओलीको अन्तर्वार्ता लियो र सगरमाथामा पुगेर समूचा नेपालको हुर्मत लिने गरि समाचार संम्प्रेषण गरेको छ । यसैबाट पनि प्रष्ट हुन्छ की ओलीको राष्ट्रवाद केवल जनता भ्रमित पार्ने फण्डा मात्रै हो ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट