मंगलबार , माघ ६, २०७७

क्यूआर कोड स्क्यान गरी कुमारी बैंकबाट पैसा निकाल्न मिल्ने

क्यूआर कोड स्क्यान गरी कुमारी बैंकबाट पैसा निकाल्न मिल्ने

२९ पुष, काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यू आर स्क्यान एण्ड विथडल« सुविधाको थालनी गरेको छ । उक्त सुविधा अन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् ।

ग्राहकले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड (QR Code) अंकित टेलर स्ट्यान्ड मार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् । क्यू आर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ । कोरोनाभाइरसको विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानी नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुनेमा पनि बैंक विश्वस्त छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय