बिहिबार , माघ १५, २०७७

‘प्रहरीसँग एकदिन विद्यार्थी’

‘प्रहरीसँग एकदिन विद्यार्थी’

२९ पुष, बागलुङ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत बरेङ गाउँपालिकाले ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम लागू गरेको छ । विद्यार्थीमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवनपयोगी शिक्षा हासिल गराउने कार्यक्रमको उद्देश्य छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र इलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाबीच समझदारीपत्रमा हस्ताक्षर भई कार्यक्रम कार्यान्वयनमा गइसकेको छ । ‘बरेङ समाज, सभ्य समाज’ को आदर्श बाक्यलाई व्यावहारिक रुपमा सार्थकता दिन कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।

शान्ति सुरक्षालाई सुव्यवस्थित गर्ने, विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउन नैतिक शिक्षा दिलाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । लागुपदार्थ दुव्र्यसन निराकरण, सामाजिक सञ्जालको दुरुपयोग, विद्युतीय अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलगायतका विषयमा पनि प्रहरीले विद्यार्थीमाझ पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

यसैगरी सडक दुर्घटना कम गर्न ‘जोखिमपूर्ण यात्रा बहिष्कार, हाम्रो सुरक्षाको आधार’ लक्ष्य हासिल गर्न विद्यालयस्तरबाटै ट्राफिक सचेतना अभियान चलाइने भएको छ । विपद् व्यवस्थापनसम्बन्धी खोज, उद्धार, राहत र पुनःस्थापनाका विषयमा पनि विद्यार्थीलाई अभिमुखीकरण गरिने छ । अपराध रोकथाम, सामाजिक विकृति, विसङ्गतिविरुद्धको सामाजिक अभियानमा समेत विद्यार्थीको सहभागिता बढाउन कार्यक्रम प्रभावकारी हुने प्रहरी निरीक्षक देवकोटाको भनाइ छ ।

गाउँपालिकालाई कार्यक्रमको अनुगमन गर्ने र इलाका प्रहरी कार्यालयलाई त्यसको कार्ययोजना ल्याउने जिम्मा छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा गाउँपालिकाले एकमुष्ट रुपमा रु ५० हजार प्रहरी कार्यालयलाई उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

गाउँपालिकाभित्र रहेको सबै सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका र सर्वोदय क्याम्पसका सबै विद्यार्थीबीचमा सचेतना कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रमका लागि एउटा विद्यालयलाई कम्तीमा दुई घण्टाको समय प्रबन्ध गरिएको छ ।

समझदारीपत्रमा आउँदो चैत मसान्तभित्रलाई कार्यक्रम कार्यान्वयनको अवधि तोकिएको छ । आगामी वर्षमा पनि कार्यक्रमले निरन्तरता पाउने गाउँपालिकाले जनाएको छ । समुदायमा सदाचार, शिष्टाचार र नैतिकताको संस्कृति बसाल्न पनि ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ । समाज सुधार र जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाले यसअघि ‘बुहारी स्वागत’लगायतका कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टले लगाए खाेप कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टले लगाए खाेप २१ घण्टा पहिले
रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने अर्थमन्त्रीकाे प्रतिबद्धता रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने अर्थमन्त्रीकाे प्रतिबद्धता २३ घण्टा पहिले
गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी ३ दिन पहिले
सङ्गीत अभ्यास र साधनालाई विश्राम दिएन गायक रामजी नेपालीले सङ्गीत अभ्यास र साधनालाई विश्राम दिएन गायक रामजी नेपालीले १० मिनेट पहिले
खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गरिने खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गरिने ३ दिन पहिले
बन्दाबन्दीले जुराएको व्यवसायः पाँचखालमा कफी शप सञ्चालन बन्दाबन्दीले जुराएको व्यवसायः पाँचखालमा कफी शप सञ्चालन ४ दिन पहिले
आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै, ओलीले भर्चुअलबाट शुभारम्भ गर्ने आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै, ओलीले भर्चुअलबाट शुभारम्भ गर्ने १ दिन पहिले
चन्द्रनहर मर्मत सम्भार नहुँदा किसानहरु चिन्तित चन्द्रनहर मर्मत सम्भार नहुँदा किसानहरु चिन्तित २२ घण्टा पहिले