मंगलबार , माघ ६, २०७७

पर्वत समाचारः पैयूँमा फोहर फाल्न शुरु

पर्वत समाचारः पैयूँमा फोहर फाल्न शुरु

२९ पुष, पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न थालेको छ । बढ्दो शहरीकरणसँगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको रुपमा रहेको थियो । गाउँपालिकाले जग्गाको अभावमा अहिलेसम्म फोहर व्यवस्थापन गर्न सकेको थिएन ।

हालै गाउँपालिकाले हातेमालो चोकबाट दुई किलोमिटर टाढा वडा नं १ टकलाकको घ्याङ्सिङमा ल्याण्डफिल साइट बनाएर फोहर व्यवस्थापन गर्न थालेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरी फोहर फाल्न शुरु भए पनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताए ।

कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गर्ने र फोहर प्रशोधन गर्ने योजना बनाइएको पौडेलले बताए । फोहर थुपार्ने मात्रै नभई प्रशोधन केन्द्रसमेत बनाउने गाउँपालिकाको योजना रहेको र त्यसका लागि रु पाँच करोड खर्च लाग्ने अनुमानका साथ पूर्वाधार निर्माणको पहल भएको पौडेलले बताए । गाउँपालिकाले फोहर फाल्न ६२ आना जग्गा खरीद गरेको हो ।

गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बजार क्षेत्रमा चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन कार्य अब सहज भएको बताउनुभयो । फोहरका कारण बजार क्षेत्र दुर्गन्धित हुने समस्या हट्ने तिवारीले बताए ।

स्थानीयवासीले घर र घरबाहिरको फोहर डस्टबिनमा जम्मा गरेर खोलाखोल्सीमा फाल्ने, जलाउने गरेका थिए । गाउँपालिका स्थापना हुँदादेखि नै फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउने योजना भए पनि अहिले बल्ल जग्गा पाएपछि योजना पूरा भएको तिवारीले बताए।

जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिकाले मात्रै व्यवस्थित तरिकाले फोहर व्यवस्थापन गर्दै आएको छ । मोदी गाउँपालिकाको फोहर अहिले पनि मोदीखोला र सडक छेउमा विसर्जन गर्दै आएको छ । फलेवास नगरपालिका, बिहादी र महाशीला गाउँपालिकामा पनि फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अभाव छ भने जलजला गाउँपालिकाले पनि यसै वर्षदेखि फोहरको व्यवस्थापन कार्यलाई स्थानीय सङ्घसंस्थालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गभर्नर अधिकारीद्वारा क्लियरिङ्ग हाउसको ‘कर्पोरेट पे’ प्रणाली सुरुवात गभर्नर अधिकारीद्वारा क्लियरिङ्ग हाउसको ‘कर्पोरेट पे’ प्रणाली सुरुवात ३ दिन पहिले
संसद विघटन गर्नु संविधान सम्मत नभएको नेता सिंहकाे दाबी संसद विघटन गर्नु संविधान सम्मत नभएको नेता सिंहकाे दाबी ४ हप्ता पहिले
बर्दियाको निकुञ्ज क्षेत्रमा साइकल र मोटरसाइकल चलाउन रोक बर्दियाको निकुञ्ज क्षेत्रमा साइकल र मोटरसाइकल चलाउन रोक २ हप्ता पहिले
७० वर्षमा नेपालमा क्रिश्चियनको संख्या ४० लाख पुग्यो : अध्यक्ष थापा ७० वर्षमा नेपालमा क्रिश्चियनको संख्या ४० लाख पुग्यो : अध्यक्ष थापा ३ हप्ता पहिले
काकाकुल सुखौरा गाउँमा बृहत् लिफ्टिङ परियोजना, स्थानीयवासी हर्षित काकाकुल सुखौरा गाउँमा बृहत् लिफ्टिङ परियोजना, स्थानीयवासी हर्षित ४ हप्ता पहिले
विकासको काव्य ब्याडको रात पछिको दिन विकासको काव्य ब्याडको रात पछिको दिन २ हप्ता पहिले
लिमीमा हिमपातले गर्दा पाँच महिनाका लागि आवतजावत बन्द लिमीमा हिमपातले गर्दा पाँच महिनाका लागि आवतजावत बन्द ४ दिन पहिले
डाँडामाथिको घाम हुँदा पनि लालपुर्जा सिरानीमा राखेर निदाउने सपना ! डाँडामाथिको घाम हुँदा पनि लालपुर्जा सिरानीमा राखेर निदाउने सपना ! २ हप्ता पहिले