बिहिबार , माघ १५, २०७७

ज्ञवालीको भारत भ्रमणप्रति नागरिक अगुवाको चासो

ज्ञवालीको भारत भ्रमणप्रति नागरिक अगुवाको चासो

२९ पुष, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओली भन्छन्– मेरो सरकार फुलफ्ल्ज्ड हो । गएको सोमबार उनले एउटा भारतीय च्यानललाई अन्तर्वार्ता दिंदै भनेका थिए – नेपालको संविधानमा केयरटेकर प्राइमिनिष्टरको कुनै प्रावधान छैन । कदाचित प्रधानमन्त्री नरहेको अवस्थामा मात्रै वरिष्ठ मन्त्रीले केयरटेकरको भूमिका निर्वाह गर्ने ओलीको बुझाई हो । त्यसैले उनी आफ्नो सरकार जस्तो सुकै निर्णय लिन स्वतन्त्र र सक्षम छ भन्दैछन् ।

अन्तर्वार्ताकारले उठाएको प्रश्न थियो–प्रतिनिधिसभा नै नभएकाले तपाईं स्वतः कामचलाउ हुनुभयो, तर मन्त्रिपरिषद विस्तार गर्दैहुनुहुन्छ ?जवाफमा ओलीले आफ्नो सरकार पूर्णकालिक भनेपनि संविधानले त्यसलाई मान्यता दिएको छैन । यसबारे सर्वाेच्च अदालतमा मुद्धा विचाराधिन छ । सुनुवाई जारी रहेकाले हेर्दाहेर्दैको अवस्थामा छ । यसबारे आगामी पुष २९ गते निर्णय सुनाइने सम्भावना रहेको छ ।

तर ओली सरकार भने आफू कामचलाउ भएको मान्दैन । त्यसै पृष्ठिभूमिमा ओलीले आफ्ना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भोलिबाट भारतको औपचारिक भ्रमणका लागि पठाउँदै छन् । भ्रमणका बेला नेपाल भारतबीच दीर्घकालिन प्रभाव पर्ने विषय र मुद्धामासमेत सन्धि सम्झौता गर्ने तयारी रहेको स्रोतले बताएको छ ।  यस्तो गाइँगुई कर्मचारीवृत्तमा समेत देखिएको छ । त्यसैले नागरिक समाजका अगुवा एवं पूर्व राष्ट्रसेवकहरुले सरकारलाई त्यसो नगर्न खबरदारी गरेका छन् ।

आज समाजका १५ जना अगुवाहरुले संयुक्त विज्ञप्ति निकालेरै कामचलाउ सरकारका परराष्ट्रमन्त्रीले भारतसँग दीर्घकालिन असर पर्ने सम्झौता नगर्न चेतावनी दिएका छन् । जसमा पूर्व मुख्यसचिवहरु लीलामणि पौडेल, डा. सोमलाल सुवेदी, पूर्व अख्तियार प्रमुख सूर्यप्रसाद उपाध्यायलगायत नागरिक अगुवा रहेका छन् । कामचलाउ मन्त्रीका हैसियतले भ्रमणमा जान लागेका मन्त्री ज्ञवालीले दीर्घकालिन असर पर्ने खालका कुनैपनि सन्धि वा सम्झौता गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

आज वक्तव्य जारी गर्नेहरुमा डा. ऋषि अधिकारी,इन्दिरा दली,कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाईं,दीपेन्द्रबहादुर क्षेत्री,निनु चापागाईं,मानवी पौडेल,युवराज पाण्डे,डा. सूर्यराज आचार्य,शारदाप्रसाद त्रिताल,डा. शूरवीर पौडेल र हृरण्यलाल श्रेष्ठ समेत रहेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मितिसमेत घोषणा गरेकोले सरकार स्वतः कामचलाउ भएको उनीहरुको ठहर छ ।

अहिलेको तरल राजनीतिक अवस्थाका बेला परराष्ट्रमन्त्रीको भारत भ्रमण आफैंमा विवादित हुन सक्ने भन्दै यो भ्रमण केवल द्विपक्षीय सम्बन्ध सुधारमा मात्रै केन्द्रित हुनुपर्ने उनीहरुको तर्क रहेको छ ।मन्त्री ज्ञवाली भारतको तीनदिने भ्रमणका लागि भोलि त्यसतर्फ जाँदैछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम सम्पन्न कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन विषयमा छलफल कार्यक्रम सम्पन्न २ हप्ता पहिले
आज थप २७० मा कोरोना पुष्टि, पाँच जनाको मृत्यु आज थप २७० मा कोरोना पुष्टि, पाँच जनाको मृत्यु २ हप्ता पहिले
प्रहरीका १६ डिएसपीको एसपी बढुवामा सिफारिस प्रहरीका १६ डिएसपीको एसपी बढुवामा सिफारिस ३ दिन पहिले
गुडविल फाइनान्सको सभाले गर्‍यो १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गुडविल फाइनान्सको सभाले गर्‍यो १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित २ हप्ता पहिले
आरोप प्रत्यारोपमा देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा आरोप प्रत्यारोपमा देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा ४ दिन पहिले
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’ १ हप्ता पहिले
संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सभामुख सापकोटा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सभामुख सापकोटा ४ हप्ता पहिले
दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने १ हप्ता पहिले