संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठन स्थगित
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार २३:३४:३७
२९ पुष, ताप्लेजुङ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठनका सम्बन्धमा विवाद उत्पन्न भएको छ । पुनर्गठनका सम्बन्धमा भएको निर्वाचन पक्षपाती र आचारसंहिता विपरीत भएको भन्दै तेञ्जिङ वालुङको एक समूहले असन्तुष्टि जनाएको छ ।
पुनर्गठनका कार्यक्रमबारे उपभोक्तालाई समयमा सूचना नदिएको, उम्मेदवारलाई पत्तै नदिएर निर्वाचन गराएको लगायत आरोपसहित उक्त समूहले असन्तुष्टि जनाएको हो । संरक्षण क्षेत्रअन्तर्गत मानिवुङ र देउराली उपभोक्ता समूहमा आचारसंहिता विपरीत निर्वाचन गराएको र सेकाथुम आमा समूहको उम्मेदवारलाई थाहा नदीइ निर्वाचन गराइएको साथै उपभोक्ताको चाहाना विपरीत पुनर्गठनका कार्यक्रम स्थगित गरिएको वालुङले बताए ।
संरक्षण अधिकृत गणेश तिवारी सम्मिलित निर्वाचनमा नै निष्पक्षता नभएको र आचारसंहिता विपरीतका गतिविधि भएको वालुङको आरोप छ । “केही समूहमा भएको निर्वाचन स्वतन्त्र, निष्पक्ष नभएको र आचारसंहिताको समेत पालना नभएको पाइएपछि गुनासो राख्यौँ, निवेदनसमेत दियौँ तर कुनै कारवाही भएन, कर्मचारीले एक पक्षीय रुपमा काम गरेका छन्, यस सम्बन्धमा कानूनी उपचार खोज्छौँ”, वालुङले भने ।
यस्तै आचारसंहिता बनाएर नदेखाएको, नियम विपरीत तीन आमा समूह थपिएको र वन उपभोक्ता समूहलाई गठनको मुखैमा आएर हटाएको समेत वालुङको आरोप छ । आफूले दिएको निवेदनलाई बेवास्ता गरेर यही पुस २४ गते लालीगुराँस उपभोक्ता समिति गठन गरेर पुष २५ गते अचानक स्थगन गरेको उनले बताए ।
संरक्षण क्षेत्र कार्यालयले भने निर्वाचनका लागि वातावरण प्रतिकूल बनेकाले स्थगित गर्नुपरेको जनाएको छ । उपभोक्ता विभिन्न समूहमा विभाजित भएका, संरक्षण क्षेत्रभन्दा बाहिरका मानिस प्रवेश गरेर शान्ति भङ्ग गर्ने कार्य गरेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुखबाट समेत तत्काल रोक्नू भनेर निर्देशन भएकाले स्थगन गरिएको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार