सुदूरपश्चिममा थप १४८ जनामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
पुस २९, २०७७ बिहिबार २:५०:५७
२९ पुष, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा थप १४८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो हप्तामा कोभिड–१९ का शङ्कास्पद एक हजार ४१८ जनाको नमूना परीक्षण भएको छ । यो अवधिमा थप एक हजार ४६ शङ्कास्पद व्यक्तिको नमूना संकलन भएको छ ।
यो हप्तामा थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अहिलेसम्म जम्मा मृत्यु हुनेको सङ्ख्या ५४ पुगेकामा सबैभन्दा बढी मृत्यु हुने प्रदेशको राजधानी जिल्ला कैलालीका २९ जना छन् । एक महिनाअघिसम्म शङ्कास्पदको नमूना सङ्कलन हुने दर योभन्दा बढी थियो । लक्षण देखिएका व्यक्ति र संक्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना संकलनमा पहिलेको भन्दा कमी आएको जनाइएको छ ।
कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना संकलनमा कमी आएको जनाइएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ थपिएकासमेत आजसम्म जम्मा १३ हजार ८७६ जना संक्रमित पुग्दा १२ हजार १३९ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार