प्रदेश सरकारले दियाे तीन घरवासलाई २४ लाख अनुदान
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार १६:७:२०
१ माघ, बागलुङ । गण्डकी प्रदेश सरकारको घरवास ‘होमस्टे’ पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका–६ भुजुङ्गेस्थित ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’, काठेखोला गाउँपालिका–३ को ‘बेलढुङ्गा सामुदायिक होमस्टे’ र जैमिनी नगरपालिका–१० स्थित ‘हाँडीकोट सामुदायिक होमस्टे’ छनोटमा परेका हुन् ।
ती घरवासका सञ्चालक परियोजना कार्यान्वयनका लागि मन्त्रालयसँग सम्झौताको तयारीमा छन् । प्रत्येक घरवासलाई रु आठ लाखका दरले अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । अनुदान रकम पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनको काममा खर्च गरिनेछ । ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’का अध्यक्ष कमला श्रीसले यस वर्ष पदमार्ग निर्माणको योजना रहेको जानकारी दिए ।
“गाउँभित्रै एक घरदेखि अर्को घर जोड्ने गरी पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउँदैछौँ”, उनले भने । गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट सामुदायिक भवन निर्माण गरिएको थियो । उक्त भवन अहिले घरवासमा आउने पाहुनाको स्वागत र सांस्कृतिक कार्यक्रमका लागि प्रयोगमा ल्याइएको छ ।
भुजुङ्गेका सात घरमा घरवास सञ्चालित छ । मगर बाहुल्य उक्त गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले घरवास खोलिएको हो । घरवास सञ्चालनमा आएपछि ढुङ्गेनी गाउँ ‘स्टोन भिलेज’ ले चिनिने भुजुङ्गेले नयाँ चिनारी पाएको छ । पारिवारिक आतिथ्यता, स्थानीय परिकार, रहनसहन, संस्कृति र घुमफिर घरवासका आकर्षण हुन् ।
घरवासमा कोदो, फापर, जाैँ, मकै, गहुँ, आलु, सिस्नो, सिन्की, भट्टलगायत घरेलु उत्पादनका परिकार तयार पारिन्छ । भुजुङ्गेको समग्र पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवदेनमार्फत काम भइरहेको घरवास सञ्चालक समितिका सल्लाहकार फणिन्द्र थापामगरले बताए ।
काठेखोलाको बेलढुङ्गा र जैमिनीको हाँडीकोट सामुदायिक घरवासले पनि पूर्वाधार निर्माणको योजना बनाएका छन् । पछिल्लो समय घरवासप्रति पर्यटकको आकर्षण बढेपछि सञ्चालक उत्साहित छन् । राज्यका निकायले पनि घरवास प्रवद्र्धनका लागि लगानी बढाइरहेका छन् । ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले हाल बागलुङमा २८ घरवास सञ्चालित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार