यसपालिको हिउँदमा खासै पानी नपर्ने अनुमान
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार १६:२४:४७
१ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालिको हिउँदमा खासै पानी नपर्ने अनुमान गरेकाे छ छ । हिउँदे वर्षा खासै नहुने हुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना छ ।
गएको हप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी पश्चिमी वायु प्रवेश नगर्दा देशका धेरै ठाउँमा सुख्खा बढेको छ । पोहोर यतिबेला दुईरतीन पटकसम्म हिउँदे वर्षा भएको महाशाखाले जनाएकाे छ ।
अहिले मौसम धुम्मिए पनि आउँदो एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । यही जनवरी महिनाको अन्तिमसम्ममा पश्चिमी वायुको शक्तिशाली प्रणाली प्रवेश गरे मात्रै पानी पर्ने अनुमान छ । काठमाडाैं उपत्यकामा साढे ३ महिनादेखि पानी परेको छैन ।
यसपालि पश्चिमी वायुले ल्याउने प्रणाली पानी पर्ने खालको नभएकाले सबै ठाउँमा वर्षा नभएको महाशाखाले जनाएकाे छ । नेपालमा पश्चिमी वायु प्रवेश गरे पनि पर्याप्त जलवाष्पयुक्त हावा नआएकाले वर्षा हुन नसकेको हो । अहिले बादल लागे पनि पानी पार्ने प्रणाली नहुँदा सुख्खा हावा मात्रै चल्ने गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डाक्टर इन्दिरा कँडेलले पनि यसपालिको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान छ । यस्तै, आज पनि देशका धेरै ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु लागेको छ । दिउँसोपछि तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने महाशाखाले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार