कोरोना कहरमै आजदेखि भारतमा कुम्भमेला सुरु
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार २२:१:०
१ माघ, काठमाडौं । कोरोना कहरमै आजदेखि भारतमा कुम्भमेला सुरु भएकाे छ । काेराेना भाइरसकाे महामारी खेपिरहेको भारतमा गंगा नदीको किनारकाे कुम्भमेलाका लागि लाखौं तीर्थायात्रीहरु उत्तराखण्डको हरिद्वार पुगेका छन् ।
आयोजकले भने कोरोना महामारीका कारण केही समस्या भए पनि संक्रमण फैलिन नदिन सुरक्षाका उपायहरु पालना गरिने बताएको छ । आयोजकले बिहीबार मात्र आठ लाखदेखि १० लाखसम्म मानिसहरु सहभागी हुने अपेक्षा गरेको छ ।
कुम्भ मेलालाई युनेस्कोले पनि अमूर्त सांस्कृतिक सम्पदाको मान्यता दिएको छ । गत वर्षको यसको संस्करण भारतको उत्तर प्रदेशको अल्लाहबादमा भएको थियो । ४८ दिनसम्म चलेको उक्त मेलामा पाँच करोड ५० लाख मानिसहरु सहभागी भएका थिए ।
यस वर्षको कुम्भ मेला सात सातासम्म चल्नेछ । यद्यपि यो मेलामा आउनेहरु भने कोरोना महामारीप्रति त्यति सचेत नदेखिएको एएफपीले उल्लेख गरेको छ । यो मेलामा आएका ५० वर्षीय सञ्जय शर्माले युरोपको भन्दा भारतीयको रोग प्रतिरोधी क्षमता बलियो रहेको कारण कोरोनाको जोखिम नरहेको बताए । यद्यपि अर्की एक सहभागी लक्ष्मी शर्माले भने महामारीका बीचमा हुन गइरहेको यो मेलामा भौतिक दूरी कायम राख्ने र सेनिटाइजरको प्रयोग गर्ने बताइन् ।
भारतमा यो साता अन्य केही धार्मिक मेलाहरु हुँदैछन् । जसमध्ये कोलकातामा हुन गइरहेको करिब १५ हजार मानिस सहभागी हुने गंगासागर मेला पनि एक हो । भारतमा बिस्तारै मानिसहरुको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको अवस्थामा विशेषज्ञहरुले भने कोरोनाको नयाँ लहर आउन सक्ने चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार