बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गर्दै, निक्षेपको ब्याजदर घटेको घट्यै !
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार २३:२१:३३
१ माघ, काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् । जसमध्ये यतिबेला बैंक तथा वित्तीय संस्थाहरुले बचत र कर्जाको ब्याजदरहरु सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको कारण कर्जा तथा निक्षेपको ब्याजदर घटेको छ । कर्जाको ब्याजदर घटेका कारण बैंकहरुले निक्षेपको ब्याजदर पनि अत्यन्तै कम दिन थालेका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार साधारण निक्षेपमा २ प्रतिशतभन्दा तलसम्म ब्याजदर देखिएको छ । कल निक्षेपमा भने १ प्रतिशत हाराहारीमा बैंकहरुले ब्याजदर तोकेका छन् ।
मुद्धति निक्षेपमा अत्यन्तै कम ब्याजदर देखिएको छ । कर्जाको ब्याजदर पनि बैंकहरुले आफ्नो बेसरेट अनुसार २ देखि ५ प्रतिशतसम्म अतिरिक्त जोडेर लिने गरेका छन् ।
बाणिज्य बैंकहरु
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार बचत (निक्षेप)मा सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको छ । यो बैंकले बचत खातामा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म मात्रै ब्याज दिने जनाएको छ । त्यस्तै नबिल बैंक र एनआईशी एशिया बैंकले बचतमा खातामा दिने ब्याजदर १.५ प्रतिशत देखि ३.५ प्रतिशतसम्म रहेको जनाइएको छ ।
सनराइज बैंक र बैंक अफ काठमाण्डूले २ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म तथा नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र मेगा बैंकले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् ।
त्यस्तै, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म, सिटिजन्स बैंकले २.५ प्रतिशत देखि ४.५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैंकले २.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर तोक्दा प्राइम कमर्शियल बैंक, सिभिल बैंक र एनसीसी बैंकले ३ देखि ५ प्रतिशत ब्याजदर तोकेका छन् ।
सेञ्चुरी कमर्शियल बैंकले यसअघि तोकेको ३.५ देखि ४.५ प्रतिशतको ब्याजदरमा कुनै फेरबदल गरेको छैन । कृषि विकास बैंकले भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचत निक्षेपमा सर्वाधिक ब्याजदर भने एनएमबि बैंकको छ । एनएमबि बैंकले बचत निक्षेपमा ३.१ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
त्यस्तै, मुद्दती निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको छ । सो बैंकले १ वर्षे मुद्दती निक्षेपमा ५ प्रतिशत मात्रै ब्याज दिने उल्लेख गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशत र एनसीसी बैंकको ब्याजदर ६.२५ प्रतिशत छ । त्यस्तै, नबिल बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईशी एशिया बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकले ६.५ प्रतिशत तथा नेपाल बंगलादेश बैंक र कुमारी बैंकले ६.७५ प्रतिशत ब्याज दिने जनाएका छन् ।
१० बैंकहरुले भने एकवर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् । नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, लक्ष्मीबैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र राष्ट्रिय वाणिज्य बैंक यसअन्तर्गत परेका छन् ।
त्यस्तै, कृषि विकास बैंकले र एनएमबि बैंकले ७.२५ प्रतिशत ब्याज दिँदा सिटिजन्स बैंकले, सेञ्चुरी बैंक र प्राइम बैंकको ब्याजदर ७.५ प्रतिशत रहेको छ । सबैभन्दा बढी ब्याजदर भने सिभिल बैंकको ८ प्रतिशत छ ।
विकास बैंक तथा फाइनान्स कम्पनी
यतिबेला विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि आफ्नो ब्याजदर सार्वजनिक गरेका छन् । जसमा मुक्तिनाथ विकास बैंकले साधारण निक्षेपमा १.५० देखि ३ प्रतिशतसम्म र मुद्दति निक्षेपमा अधिकतम् ८ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । कर्जामा भने बैंकले बेसरेटमा २ देखि ५.५० प्रतिशतसम्म प्रिमियम जोडेर लिने उल्लेख गरेको छ । मुक्तिनाथको बेसरेट ८.७१ प्रतिशत रहेको छ ।
ज्योति विकास बैंकले मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जातर्फ भने यस बैंकले बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने बताएको छ । माइक्रोफाइनान्स कर्जामा भने ७ प्रतिशतसम्म जोडेर लिने उल्लेख गरेको ज्योतिको बेसरेट ९.८६ प्रतिशत रहेको छ । सेन्ट्रल फाइनान्सले निक्षेपमा १.५० देखि मुद्दति निक्षेपमा ८.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जातर्फ भने यस फाइनान्सले बेसरेटमा ५ प्रतिशतसम्म जोडेर लिने उल्लेख गरेको छ ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले निक्षेपमा ३.५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । कर्जातर्फ भने यस बैंकले आफ्नो बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने उल्लेख गरेको छ । सांग्रिलाको बेसरेट ८.८७ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
मल्टिपर्पस फाइनान्सको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
फागुन १८, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार