माघे संक्रान्तिको दिन थप ४०३ जनामा संक्रमण
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार २२:५०:१६
१ माघ, काठमाडौं । माघे संक्रान्तिको दिन नेपालमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये २४६ जना काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकामा काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन् । उपत्यकाबाहिर बाँके र कास्कीमा ३२-३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन् । संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । तीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन् भने १९४३ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ । तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०५ रहेको छ भने कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार