बलिउडकी बोल्ड नायिका बिपाशाकाे तीन कलाकारहरुसँग रोमान्स !
नेपालबहस संवाददाता
माघ १, २०७७ शुक्रबार १:१६:२६
१ माघ, काठमाडौं । बलिउडकी बोल्ड नायिका बिपाशा बसु अहिले ४० कटिसकेकी छिन् । ४० कट्दा पनि उनको अनुहारको लुक्समा भने खासै परिवर्तन आएको छैन । बलिउडमा उनले फिल्मबाट भन्दा पनि आफनो हट लुक्स र बिभिन्न बलिउड कलाकारहरुसँगको रोमान्सले धेरै चर्चा कमाइन ।
७ जनवरी १९७८ मा जन्मिएकी बलिउड नायिका बिपाशा अहिले बिवाहबन्धनमा बाधिएकी छिन् । उनी करण सिंह ग्रोवरसँग बैवाहिक बन्धनमा बाधिएकी हुन् । ३० अप्रेल २०१६ मा यी दुईबिचको बिवाह भएको थियो । तर करणसँग बिवाह पुर्व बिपासाले बीसवर्षसम्म रोमान्समा नै अल्झिरहिन् । उनको जीवनमा करण आउनु अघि उनको नाम बलिउडका तीन कलाकारहरुसँग धेरै नै चर्चामा रहेको थियो ।
जोन अब्राहम
फिल्म ‘जिस्म’ मा बिपाशासँग नायकका रुपमा देखिएका थिए जोन अब्राहम । डिनो जस्तै जोन पनि आर्कषक व्यक्तित्वका धनी थिए। फिल्म जिस्मको सुटिङको समय जोन र बिपाशा नजिकिएका थिए । दुबै कतिसम्म नजिकिएका थिए भन्ने फिल्ममा दुबैको अभिनयबाट नै थाहा हुन्छ। फिल्म पनि हिट भयो र दुबैको जोडी पनि । २००२ बाट शुरु भएको दुबैको रोमान्स २०११ सम्म चलेको थियो। बलिउडमा दुबैको जोडीलाई आदर्श जोडी पनि भन्ने गरिन्छ ।
दुबैबिच मायाप्रेम एकदमै गाडिएको थियो । धेरैले उनीहरुको बिवाह बन्धनमा बाधिन्छन् भन्ने पनि अनुमान लगाएका थिए । तर सबै उल्टो हुन पुग्यो । यो जोडीमा पनि डरार आउँछ भनेर कसैले पनि सोचेको थिएन। दुबैबीच विवाहको कुरालाई लिएर खटपन हुन थालेको कुरा बाहिर आउन थाल्यो र लगभग दशवर्षसम्म चलेको मायाप्रेम बीचमा नै रोकियो ।
हरमन बावेजा
जोन अब्राहमसँँग अलग भएपछि बिपाशाको जिन्दगीमा कलाकार हरमन बावेजाको प्रवेश भयो। त्यो बेला हरमनको पनि नायिका प्रियंका चोपडासँग ब्रेकअप भएको थियोे भने बिपाशाको जोनसँग। दुबैको हालत एउटै थियो। त्यसैले पनि दुबै चाडै नै नजिक हुन पुगे।
यो पनि चर्चा थियो कि बिपाशासँग हरमन विवाह गर्न चाहन्थे तर हरमनका परिवार यसमा सहमत थिएनन् । हरमनले आफनो परिवारको कुरालाई नकार्न सकेनन् र उनी परिवको पक्षमा नै गए । अन्तमा दुबै अलग भए । दुबैको प्रेमसम्बन्ध लगभग दुईतीन वर्ष चलेको थियो।
करण सिंह ग्रोवर
फिल्म ‘अलोनको’ सुटिङको क्रममा बिपाशा र करण सिंह ग्रोवरको भेट भएको थियो । उनी प्रेमसम्बन्धबाट धेरै नै टुक्रिसकेकी थिइन। उनको अब विवाहबाट आशा हराईसेको थियो। तर विपाशाको मन करणले जितेर नै छाडे र दुबैले एक वर्षसम्मको प्रेमसम्बन्ध पछि विवाह गरे । अहिलेसम्म यी दुबैबीचको सम्बन्ध एकदमै राम्रो र जमेको छ । दुबैको फोटो सामाजिक सञ्जालमा छाइरहेको नै हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर भाइरल
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार