इटलीद्वारा आगामी अप्रिल ३० सम्म सङ्कटकाल विस्तार
नेपालबहस संवाददाता
माघ १, २०७७ शुक्रबार २:३१:१८
१ माघ, रोम । कोभिड–१९ सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी सङ्कटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ ।
बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८० हजारभन्दा बढी पुगेको छ । इटालीले सन् २०२० को जनवरी ३१ देखि महामारीका कारण राष्ट्रिय सङ्कटकालको घोषणा गरेको हो । इटलीले सङ्कटकालको विस्तारसँगै बेलुका १० बजेदेखि विहान पाँच बजेसम्मलाई निषेधाज्ञा अवधि पनि तोकिएको छ । इटलीमा सङ्क्रमणको जोखिम भएका क्षेत्रमा नियन्त्रणका फरक फरक उपाय अवलम्बन गरिएको छ ।
सरकारले सङ्क्रमण नियन्त्रणका लागि चौथो तहको नियन्त्रणका उपाय पनि अपनाएको छ । जस अनुसार हरेक एक लाख बासिन्दाहरू रहेका क्षेत्रमा दैनिक ५० व्यक्ति सङ्क्रमित भएमा उक्त क्षेत्रलाई ‘ह्वाइट’ क्षेत्र मानी गतिविधि सञ्चालनमा अनुमति प्रदान गर्न सकिने जनाएको छ तर कुनै पनि इटालियाली क्षेत्र यो मापदण्डमा पर्न सफल भएको पाइदैन ।
सरकारले इटलीका २० वटै क्षेत्रमा आन्तरिक भ्रमणका लागि पनि आगामी फेब्रुअरी १५ सम्म रोक लगाएको छ । श्रइटलीको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको पछिल्लो तथ्याङ्क अनुसार इटलीमा बुत्रबारमात्र १५ हजार ७७४ थप व्यक्ति कोभिड सङ्क्रमित भएका छन् भने ५०७ जनाको मृत्यु भएका छन् ।
यससँगै अहिलेसम्म इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या पाँच लाख ६४ हजार ७७४ पुगेको छ भने कूल ८० हजार ३२६ सङ्क्रमितको मृत्यु भएको छ । इटलीमा बुधबार रातिसम्ममा कूल आठ लाख ८५ हजार ८१४ व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार