नागरिकबाट राय सुझाव संकलन गर्न ‘प्रहरी दर्पण’
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १६:५:१८
२ माघ, वाग्मती । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरीले गरेको गतिविधिलाई जनतासामु सार्वजनिक गर्न पाक्षिकरूपमा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याएको छ । प्रदेश राजधानी हेटौँडाबाट सञ्चालनमा आएको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीमार्फत हरेक महिनाको १ र १५ गते प्रसारण हुने गरी कार्यक्रम प्रसारण आरम्भ गरेको हो ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा बिहीबार आयोजित टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले टेलिभिजनको प्राविधिमार्फत कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका सबैखाले सुरक्षा संयन्त्रलाई हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार गरेको जानकारी दिए । वाग्मती प्रदेशअन्तर्गतका प्रहरी एकाइबाट सम्पादित काम कारवाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने र शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन थालिएको हो ।
पाक्षिकरूपमा आधा घण्टाको ‘प्रहरी दर्पण’ कार्यक्रम नेशनल गोल्ड टेलिभिजनबाट बेलुकी ७ः३० बजे नियमित प्रसारण हुनेछ । उक्त कार्यक्रम वाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाट नै निर्माण तथा सञ्चालन गरिनेछ । शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गर्ने र प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव संकलन गर्न टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गरिने योजना रहेको जानकारी दिए । प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव संकलन गर्नुका साथै शान्तिपूर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार