तानेको पानीले जगायो आश
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १९:२२:१६
२ माघ, बलेवा । उजेली नेपाली सिगाना आएको धेरै वर्ष भयो । बिहे गरेर आउँदाको दिनयता उनले कहिलै पूरा निद्रा सुतेको छैन । निद्रामै पानीका लागि लाइनमा बसेको सपना देख्ने उनलाई पानीका लागि झगडा नगरेको दिन के बिर्से जस्तो लाग्छ । बिहान मिर्मिरे नहुँदै पँधेरा पुगेकी उनले पालो कुर्दाकुर्दा घण्टौँ बितेको तितो यथार्थ सम्झिए ।
बागलुङ नगरपालिका–८ सिगानाको लामीचौरमा पानीका मुहान छैनन् । अधिकांश दलित समुदायको बसोबास रहेको गाउँमा भएको एउटा धारोमा पानी भर्ने पालोका लागि दिनदिनै झगडा हुन्छ । छिमेकमा भएका मुहान विवाद गरेर स्थानीयले प्रयोग गर्नै दिँदैनन् । भएको एउटा धारोमा दर्जनौँ गाग्रीले पालो लगाउँछन् । पालो मिच्नेका कारण दिनदिनै झगडा हुने गरेको उजेली सुनाउछिन् । मुस्किलले तीन घण्टामा पालो पाउने गृहणीले जनतन काम चलाएका छन् ।
आफ्नै मुहान नभएकाले यहाँका उजेली नेपाली जस्ता सयौँ घरका गृहणीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचनका बेला मत माग्न पुगेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले माटो समातेर खाएको कसम लामीचौरकी सीता दर्जीको आँखामा झल्झली आउँछ । उनले आफ्नो कार्यकालमा लामाचौरमा पानी पुर्याउने भनेका थिए । निर्वाचनको समयमा यहाँ मत माग्न पुग्नेको एक सूत्रीय प्रतिबद्धता पानी पुर्याउने हुन्थ्यो । पञ्चायत, राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्रका निर्वाचन भोगेका उनीहरुले कहिल्यै पानी नपाएको स्थानीयवासी मनबहादुर नेपालीको गुनासो छ ।
गण्डकी प्रदेश सरकारले गत वर्ष लामाचौरमा पानी पुर्याउनका लागि रु ६० लाख बजेट विनियोजन गर्यो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आएको बजेट मुहान नपाएकै कारण फिर्ता भयो । लामीचौरका केही घरका लागि बागलुङ नगरपालिकाले रु २० लाख बजेट दियो । विनाअनुमान मुहान र ट्याङ्कीको काम गरेर १६ घरमा पानीको धारा त खसेको छ तर उपभोक्ता समितिले भुक्तानी भने पाएनन् ।
अहिले लामाचौरमा पानी पुग्ने आशा पलाएको छ । गाउँभन्दा ८०० मिटर तल खोल्साको पानी सहमति गरेर लिफ्टिङ प्रविधिमार्फत लामाचौरमा वितरण गर्ने योजनाको काम शुरु भएको छ । काठेखोला गाउँपालिका–७ रेशमा पर्ने पानी मुहान स्थानीयवासीले समझदारीमा प्रयोग गर्ने भएका हुन् । लामीचौर खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था गरेपछि योजनाको काम शुरु भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताए ।
योजनाको मुहानमा बन्ने ट्याङ्कीको बिहीबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गरे । “अब लामाचौरमा पानी पुर्याउने भनेर भोट माग्ने संस्कृतिको अन्त्य हुन्छ, लेखेर राख्नुस् डेढ वर्षमा घरघरमा पानी पुर्याउने वातावरण बनाउँछौँ”, शिलान्यासपछि प्रमुख पौडेलले भने, “प्रदेशको योजना सञ्चालन भएको छ, यसमा नगरपालिकाले खबरदारी र साझेदारी दुवै गर्छ ।” शिलान्यासका लागि पुगेका नगरप्रमुखलाई स्थानीयवासीले निर्वाचनका बेला खाएको कसम सम्झाएका थिए । स्थानीयवासीका दुःख सम्झेर पौडेल कार्यक्रममै भावुक भए ।
मुहानबाट २५० मिटर हावामा र ८०० मिटर मैदानमा पर्ने उच्च भागमा पानी पुर्याइने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर ईश्वरी सुवेदीले बताए। उनका अनुसार मुहानमा सानो ट्याङ्की बनाएर ७।५ एचपीको मोटरले मुख्य ट्याङ्कीमा पानी तानिनेछ । मुख्य ट्याङ्कीबाट ८०० मिटर माथि पुर्याउनका लागि २५ एचपीको मोटर प्रयोग हुने छ । २।५ इञ्चको पाइपमा प्रतिसेकेण्ड दुई लिटर पानी तान्ने योजना रहेको सुवेदीले बताए । छ घण्टा पानी तान्दा लामीचौरका १८० घरमा पानी प्रशस्त पुग्नेछ । ५० हजार लिटरको एक, २० हजार लिटरको तीन र २० हजार लिटरको एक ट्याङ्की बनाउने योजना छ ।
चालू आर्थिक वर्षमा प्रदेश सरकारले रु १२ लाख विनियोजन गरेको छ । “क्रमागत योजना भएकाले बजेट र अनुमान बन्दै जान्छन्”, सुवेदीले भनिन्, “मुहानको विवाद भएकाले पहिले काम हुन सकेन, उपभोक्ता समितिले अब काम गर्ने हो ।” लिफ्टिङ आयोजनाको शिलान्यास भएकाले अब पानी पाउने आशा पलाएको स्थानीयवासी सीता दर्जीले बताए । पानीको अभावका कारण यहाँका स्थानीयवासीले सरसफाइ र तरकारी खेतीका लागिसमेत सास्ती भोग्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
माथिल्लो अरुण र दुधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ प्रयोग गरिने
बैशाख १०, २०८१ सोमबार
एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार